फरवार्ड माइक्रोफाइनान्सले ६५ प्रतिशत लाभांश दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 12, 2018 | 12:29:44 PM मा प्रकाशित

laxmi  sunrise bank

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले ५० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभंसः प्रस्ताव गरेको हो  ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  ।

गतबर्ष मात्र आइपीओ निष्कासन गरेको यस कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ   । प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी ३० करोड पुग्ने छ  ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ७८ लाखरुपैयाँ खुद नाफा कमाएको छ भने  रिजर्भ कोषमा भने ६६ करोड ७६ लाख १६ हजार रुपैयाँ छ ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved