जनता बैंकको १४.४ प्रतिशत बोनस सेयर स्वीकृत, सर्वसम्मतले ६ संचालक निर्वाचित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 12, 2018 | 04:34:43 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकको साधारणसभाबाट लाभांश प्रस्ताब पारित भएको छ। बैंकको आठौँ बार्षिक साधारणसभाले संचालक समितिको १४.४ प्रतिशत बोनस सेयर प्रस्ताब पारित गरेको हो। 

लाभांश प्रस्ताब पारित भएसंगै जनता बैंकको चुक्ता पुंजी ८ अर्ब ७ करोड पुगेको छ। यससंगै साबिकको त्रिबेणी र सिद्दार्थ डेभलपमेन्ट बैंकलाई क्रमश मर्ज र प्राप्ति गरेको जनता बैंकले राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुंजीको मापदण्ड पुरा गरेको छ। 

साधारणसभा प्रायोजनकको लागि बैंकले पुष ११ गतेदेखी बुक क्लोज गर्ने निर्णय गरेकाले पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको पारित  लाभांश प्राप्त गर्नेछन। बैंकले चालु आवको प्रथम त्रैमासमा ६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकले बोनस सेयर बापत लाग्ने कर प्रयोजनको रकम छुट्याएको छैन। नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने उदेश्यले कुनै पनि संस्थाले मर्जर तथा प्राप्ति गरेको दुई बर्षसम्म बोनस सेयर बापत लाग्ने करमा छुट दिएको छ। 

तसर्थ जनता बैंकले २०७४ असार ३० मा साबिकको सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेकाले असार ३० सम्म कायम शेयरधनीहरुले बोनस सेयर बापत कर तिर्नु पर्दैन। तर असार ३० पछि जनता बैंकको शेयर खरिद गर्नेहरुले जनता बैंकले घोषणा गरेको बोनस शेयर प्राप्तिका लागि बोनस बापत लाग्ने कर तिर्नु पर्नेहुन्छ।

पूर्व मेची देखि पश्चिम महाकाली सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा बैंकले ११३ शाखा, २६ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु र १०२९ कर्मचारीहरु मार्फत बैंकले ५ लाख भन्दा बढी ग्राहकलाई सेवा पुर्याउदै आएको छ। 

बैंकले यसै आर्थिक बर्ष भित्र मर्जर पश्चात दोहोरिएका शाखाहरुको स्थानान्तरण तथा थप नयाँ शाखा समेत गरी शाखा संजाल १२४ पुर्याउने लक्ष्य लिएको बताइएको छ। बैंकको हाल ५२ अर्ब १७ करोड निक्षेप संकलन गरि ४८ अर्ब ३९ करोड कर्जा लगानी प्रवाह गरेको छ।   

नयाँ संचालक समितिमा सर्वसम्मतले ६ जना निर्वाचित   

साथै जनता बैंकको आठौँ बार्षिकसभाले नयाँ संचालक समितिको सर्बसम्मत निर्बाचन समेत सम्पन्न गरेको छ। नव नव निर्वाचित संचालक समितिमा संस्थापक शेयरधनिको तर्फबाट केशवबहादुर रायमाझी, लंड्ढ बहादुर के.सी.,रामबहादुर भण्डारी तथा सर्वसाधारण समुह तर्फबाट गौतमप्रसाद खनाल,विनितकुमार अग्रवाल र संजिव न्यौपाने निर्वाचित भएका छन।   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved