मन्जुश्री फाइनान्सको लाभांश घोषणा, हकप्रद बितरणपश्चात चुक्ता पुंजी ८० करोड नाघ्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 14, 2018 | 08:46:42 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। फाइनान्सको पुष २८ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र फाइनान्सको बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुमा लाभांश वितरण हुनेछ। फाइनान्सले गत बर्ष १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। फाइनान्सले गत आर्थीक बर्ष ६ करोड ४२ लाख खुद मुनाफा आर्जन गरेको थियो। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्याउने योजना अन्तर्गत फाइनान्सले यस अघि नै ५ प्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय गरिसकेको छ। उक्त प्रस्ताब हाल धितोपत्र बोर्डमा अनुमोदनको क्रममा रहेको छ। 

६ प्रतिशत बोनस सेयर र ५ प्रतिशत हकप्रद वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ८० करोड ४० लाख ६० हजार २०० पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ७२ करोड ७८ लाख ५०० रहेको छ। फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६६ लाख १३ हजार खुद मुनाफा आर्जन गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved