नेप्सेमा सिद्धार्थ इक्वीटी फण्डको इकाईको कारोबार सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 14, 2018 | 11:22:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आज आइतबारबाट सिद्धार्थ इक्वीटी फण्डको ईकाईको कारोबार सुचारु भएको छ । कारोबारको लागि नेप्सेले कम्पनीलाई  (SEF) सिम्बोल प्रदान गरेको छ । सुरुवाती कारोबारको लागि कम्पनीको  मुल्य १० रुपैयाँ तोकिएको छ। 

सिद्धार्थ इक्वीटी फण्डको ईकाई असोज २५ देखि ३० गतेसम्म निष्काशन भएको थियो। सिद्धार्थ बैंकको प्रवद्र्धन तथा सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा निष्काशन भएको  फण्ड कात्तिक २३ गते बाँडफाँड गरेको थियो ।

निष्काशित इकाईमध्ये फण्डको प्रवद्र्धक सिद्धार्थ बैंकलाई दुई करोड २५ लाख ईकाईहरु छुट्याइएको थियो । बाँकी १२ करोड ७५ लाख इकाइमध्ये जसमा ८० लाख रुपैंयाँसम्मका सबै आवेदकहरुलाई मागेजति सबै रकमको ईकाई बितरण गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved