६२ लाख कित्ता आइपीओ जारि गर्ने तयारीमा सिन्धु ज्वाला हाइड्रो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 14, 2018 | 01:02:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेडको पब्लिक कम्पनीमा परिणत भएपछीको पहिलो साधारणसभा सम्पन्न भएको छ। २०६५ साउन २१ मा स्थापना भएको यस कम्पनीद्वारा प्रवद्र्धित माथिल्लो नेशम खोला जलविद्युत् आयोजनाको क्षमता ४३ मेगावाट छ।     

पूर्वमुख्यसचिव बिमल कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गोविन्दराज पोख्रेल, बद्रीबहादुर कार्की, पुण्यप्रसाद न्यौपाने, प्रभुलाल अधिकारीलगायतले मन्तव्य राखेका थिए। चूर्णप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा आर्थिक एवं वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कम्पनीद्वारा प्रवद्र्धित माथिल्लो नेशम खोला जलविद्युत् आयोजनाको आयोजनास्थल सिन्धुपाल्चोकको जुगल गाउँपालिका‍-३ गुम्बामा पर्छ। भूमिगत पावरहाउस रहने योजनाको लागत ७ अर्ब र वार्षिक आम्दानी एक अर्ब २९ करोडभन्दा बढी हुने अनुमान गरिएको छ।

यस्तै कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार अधिकृत र जारी पुँजी दुई अर्ब ५० करोड छ भने संस्थापक सेयरधनीको लगानी एक अर्ब ८७ करोड ५० लाख रहनेछ। प्रभावित क्षेत्रका स्थानीय वासिन्दाका लागि २५ करोड र सर्वसाधारणका लागि ३७ करोड ५० लाख रहनेछ। 

कम्पनीले आगामी २०७४/७५ को वार्षिक साधारणसभा पश्चात नेपाल धितोपत्र बोर्ड लगायत नियमन निकायबाट स्वीकृति लिएर सर्वसाधारणमा साधारण  सेयर निष्कासन गर्ने लक्ष्य लिएको छ।

कम्पनीले २०७३ मा विद्युत् उत्पादन अनुमति प्राप्त गरी आयोजना निर्माणस्थलसम्म पहुँच मार्ग निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। कम्पनीले २०७७ असार ३० भित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ।

कम्पनीले २०७३ मङ्सिर ७ मा नै बिद्युत उत्पादनको अनुमति पत्र लिएको छ। कम्पनीले ४१।४ मेगावाटका लागि बिद्युत प्राधिकरणसंग खरिद बिक्रि सम्झौता गरिसकेको छ भने बाँकी उत्पादित बिद्युतको खरिद बिक्रि सम्झौता पछि गरिने कम्पनीले जनाएको छ। 

कम्पनीले माथिल्लो नेशम खोला -ए २१ मेगावाटको पिपीए गरि आवश्यक कामको प्रकृया निकट भविष्यमा नै प्रारम्भ गर्ने लक्ष्य लिएको छ। कम्पनीद्वारा प्रवद्र्धित दुवै आयोजना आवश्यक प्रकृया पुर्याई सम्बन्धित निकायको स्वीकृत लिई एकै साथ निर्माण पुरा गर्ने लक्ष्य रहेको साधारणसभामा जानकारी दिइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved