ज्योति विकास बैंकको १० प्रतिशत बोनस सेयर स्वीकृत, सीइओमा ज्ञवाली नियुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 15, 2018 | 08:57:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति बिकास बैंकको साधारणसभाले लाभांश प्रस्ताब पारित गरेको छ। बैंकको दशौँ बार्षिक साधारणसभाले तत्कालिन राप्तिभेरी विकास बैंकका सेयरधनीहरुले ६ प्रतिशत र ज्योतिका सेयरधनीहरुले १० प्रतिशत बोनस सेयर पाउने गरि लाभांश प्रस्ताब पारित गरेको हो। 

लाभांश प्रस्ताब भएसंगै ज्योतिको चुक्ता पुंजी २ अर्ब ५९ करोड पुगेको छ। ज्योतिले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४ करोड ५२ लाख खुद मुनाफा गरेको छ। 

साविक राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरे पश्चात एवं ११ वटा नयाँ शाखा संचालनमा ल्याए पछि ज्योतिले  ४९ वटा शाखा संजाल र १४ वटा एटिएम मार्फत बैंकिङ सेवा उपलव्ध गराउँदै आएको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरे पश्चात थप ६ वटा शाखा बढने जनाइएको छ।  

यस अवधिमा बैंकले करिब १ लाख २२ हजार खाताबाट १३ अर्व ४ करोड निक्षेप संकलन गरि १० हजार भन्दा बढि ऋणी मार्फत १२ अर्व १० करोड ऋण लगानी गरेको छ। 

त्यस्तै 

बैंकको प्रमुख कार्यकारी अधिकृत मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंकका सीईओ कृष्ण बहादुर कुवंरले राजिनामा दिएपछी डेपुटी सीईओ रहेका ज्ञवालीलाई सञ्चालक समितिले आइतबार नै सीईओमा नियुक्त गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved