'पहिलो बन्दै' फर्स्ट माइक्रोले सार्वजनिक गर्यो सुधारिएको प्रगति, यस्तो छ पुंजी वृद्धि योजना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 16, 2018 | 07:05:21 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफ़ाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले 'पहिलो बन्दै' चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  माइक्रोफाइनान्सले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा सुधारिएको वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक बर्षको यस अवधिमा ३ करोड ३६ लाख खुद मुनाफा गरेको माइक्रोफाइनान्सले यस अवधिमा करिब ४२ प्रतिशतले वृद्धि गरि ४ करोड ७६ लाख खुद मुनाफा आर्जन गरेको छ। 

यस अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी तथा संचालन मुनाफा बढेकाले खुद मुनाफामा उल्लेख्य प्रगती देखिएको हो। यस अवधिमा माइक्रोफाइनान्सले खुद ब्याज आम्दानी ५ करोड ९० लाखबाट बढाएर ८ करोड ५ लाख पुर्याउएको छ। त्यस्तै संचालन मुनाफा ५ करोड २९ लाखबाट बढाएर ७ करोड ४९ लाख पुर्याएको छ। 

यस अवधिमा माइक्रोफाइनान्सले लिएको कर्जा सापटी घटेको छ। गत आर्थिक बर्षको यस अवधिमा ३ करोड ६९ लाख कर्जा सापटी लिएको माइक्रोफाइनान्सले यस अवधिमा  ३ करोड ६१ लाख कर्जा सापटी लिएको छ। 

त्यस्तै माइर्कोफाइनान्सको जगेडा तथा बचत ७ करोड ५९ लाखबाट बढेर ११ करोड ९३ लाख पुगेको छ। यस अवधिमा माइक्रोफाइनान्सको प्रति सेयर आम्दानी २० रुपैयाँ ९१ पैसा, प्रति सेयर नेटवर्थ १२८ रुपैयाँ ७० पैसा र मुल्य आम्दानीको अनुपात ४०।१८ गुणा रहेको छ।

राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्तले २०७५ असार मसान्तसम्ममा चुक्ता पुंजी ६० करोड पुर्याउनु पर्ने छ। यस क्रममा माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद बिक्रिको तयारिमा छ। ५० प्रतिशत हकप्रदका लागि माइक्रोफाइनान्सले माघ ९ गते शेयरधनि दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। अर्थात माघ ८ सम्म कायम सेयरधनीहरुले मात्र ५० प्रतिशत हकप्रद भर्न पाउनेछन। माइक्रोफाइनान्सले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ।   

५० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात माइक्रोफैनानसको चुक्ता पुंजी ६८ करोड नाघ्नेछ। यस अवधिमा फर्स्ट माइक्रोको चुक्ता पुंजी ४५ करोड ६२ लाख छ।    




  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved