नेप्सेको 'टेक्निल एरर'ले लगानीकर्ता झनै आत्तिए, कसरी भयो यस्तो गढ़बढी ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2018 | 01:51:16 PM मा प्रकाशित

laxmi  sunrise bank

माघ महिना कारोबारको पहिलो दिन बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सुचक १७.३९ अंकले घटेर १४१३.७१ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका १ सय ५४ कम्पनीका ८ लाख ११ हजार ७ सय ५९ कित्ता शेयर खरिद बिक्रिबाट ३६ करोड २२ लाख ८५ हजार ९२ रुपियाँको कारोबार भएको छ ।

आज सानिमा माई हाइड्रोको सबै भन्दा धेरै ५ करोड ४५ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स लगायत कम्पनी रहेका छन् ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् ।आज एनआईबिएल प्रगति फण्डका लगानीकर्ताले सर्बाधिक ४.०२ प्रतिशत कमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले सर्बाधिक ७.९ प्रतिशत गुमाएका छन् ।


नेप्सेको 'टेक्निल एरर'ले लगानीकर्ता झनै आत्तिए

आज बुधबार नेप्सेको साइटले बजार बन्द भईसकेपछि फरक फरक सूचक देखाउदा लगानीकर्ता झुक्किएका छन्। बजार बन्द भई सकेपछि नेप्सेको साइटमा दुई फरक फरक रिपोर्ट देखिएको छ। कारोबार बन्द हुने बित्तिकै नेप्सेमा १७.३९ अंकले गिरावट देखिएको थियो भने लगत्तै २६ अंकले घटेको देखाएको थियो।

यस बिषयमा हामीले नेप्सेका प्रबक्ता मुराहरी पराजुलीलाई सम्पर्क गर्दा प्राबिधिक कारणले यस्तो भएको हुन् सक्ने बताउदै उनले प्राविधिक शाखामा सम्पर्क गर्न भने। हामीले नेप्सेका प्राविधिक शाखा प्रमुख निरन्जय सिंह नायकलाई सम्पर्क गर्दा उनले फोन नै उठाएनन। अहिले भने सूचक १७.३९ अंकले घटेर १४१३.७१ को बिन्दुमा पुगेको देखाएको छ । यो नै आजको सहि सूचक हो भन्ने हाम्रो अनुमान छ ।

३ बजेको कारोबारमा १७ अंकले ओरालो लागेको बजार देखेर निराश बनेका लगानीकर्ता केहि मिनेट पश्चात नै २६ अंकको गिरावट देख्दा लगानीकर्ता अत्तालिएका छन। यद्दपी पछिलो सूचनामा नेप्से १७ अंकले घटेको देखिएको छ । 

हेर्नुस नेप्सेमा देखिएको आजको गडबढी 

३ बजेको रिपोर्ट 


लगत्तै नेप्सेमा यस्तो देखियो



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved