राधी बिद्युतको आईपिओ बाँडफाँड, ७१ हजार १ सय २ जनालाई १० कित्ता, कहाँ हेर्ने नतिजा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2018 | 07:31:31 AM मा प्रकाशित

laxmi  sunrise bank

राधि बिद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर आईपिओ आज बाँडफाँड भएको छ। सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंङ लिमिटेडले नारायणचौर नक्साल स्थिर कम्पनीको कार्यालयमा बिहान ९ बजे आईपिओ बाँडफांड  गरेको हो ।   

स्थानीयलाई आइपीओ जारि गर्दा नबिकेको १ लाख ४९ हजार ५५० कित्ता सेयर समेत थप गरि कम्पनीले १५ प्रतिशतले हुन आउने ७ लाख ६४ हजार कित्ता आइपीओ जारि गरेको हो। 

आईपिओमा कुल १ लाख ६६ हजार ३ सय १७ आवेदन परेकोमा १३ सय २७ आवेदन रद्द भएका छन् । १ लाख ६४ हजार ९ सय ९० योग्य आवेदक मध्ये गोलाप्रथाबाट  ७१ हजार १ सय २  जनाले १० कित्ता र एकजनाले ११ कित्ता शेयर पाएका छन्  । 

कम्पनीले पुस ३ गते देखि  ७ करोड ६४ लाख रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर बिक्रि खुला गरेको थियो ।  जसमा २ प्रतिशत अर्थात् १५ हजर २ सय ९१ कित्ता कमार्चारिको लागि र ५ प्रतिशत अर्थात् ३८ हजार २ सय २८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो  । बाँकि रहेको   ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो   ।

 राधिको अधिकृत पुंजी १ अर्ब ५० करोड छ। कम्पनीको जारि पुंजी ४१ करोड छ। जारि पुंजी मध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ। 

सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको सेयर संरचना संस्थापक तर्फ ७५ प्रतिशत, आयोजना प्रभावित १० प्रतिशत र साधारण तर्फ १५ प्रतिशत रहेनछ।  

राधि बिद्युत कम्पनीले ४.४० मेगावाटको राधि सानो हाइड्रोपावर परियोजना संचालन गरिरहेको छ। यस परियोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।

त्यस्तै 

आइपीओको नतिजा हेर्नका लागि बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट () मा क्लिक गर्नुहोस। तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ राधि बिद्युत कम्पनि भनेर छनौट गर्नुहोस। तपाईलाई आफ्नो याद भए बिओआइडी नम्बर राखेर नतिजा हेर्न सक्नुहुन्छ अन्यथा आफ्नो नाम मात्र राखेर पनि नतिजा हेर्न सक्नुहुन्छ। 

नोट: पूर्ण नतिजा सार्वजनिक भएपछि मात्र तपाईले बिजपाटि डटकममा गएर आफुलाई आइपीओ परे नपरेको थाहा पाउन सक्नुहुन्छ।  पूर्ण नतिजा सार्वजनिक नहुँदा सम्म IPO Issuer Company मा राधी बिद्युत नाम देखिने छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved