लिलामीमा देखिएको मुर्खता: यस्ता 'बेवकुफ' वित्तीय विश्लेषक भएपछि कसरि दिन्छन सेयरधनीलाई गतिलो प्रतिफल ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 17, 2018 | 08:42:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सामान्यतया केहि प्रतिफल 'बुक' गर्नका लागि नै लिलाममा राखिएको सेयर सकार्ने गरिन्छ। तर सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सामुहिक लगानी कोष सिद्धार्थ लगानी वृद्धि योजना १ परिपक्व भएपछि लिलामीमा राखिएको बिभिन्न २४ कम्पनीको सेयरको बोलपत्रमा भने यसको ठिक 'बिपरित' दृश्य देखिएको छ। 

दोस्रो बजार भन्दा बढी मुल्यमा लिलामको सेयर सकार्ने व्यक्तिगत लगानीकर्तालाई  मुर्ख, बेवकुफ, बढी पैसा भएको जस्ता नामले सम्बोधन गरिंदै आएको छ। तर कुनै पनि कम्पनीले बजार मुल्य भन्दा अत्यधिक बढी मुल्यमा लिलामको सेयर सकार्छ भने त्यस्ता कम्पनीका विश्लेषकलाई के नामले सम्बोधन गर्ने ? पक्कै पनि बेवकुफ वा बढी जान्ने 'विश्लेषक' भन्ने होला। 

व्यक्तिगत स्तरमा लगानीगर्ने लगानीकर्ताको 'गल्ति' ले उसलाई मात्र नोक्सानी हुन्छ तर कुनै पनि संस्थाको जिम्मेवारबाट यस्तो गल्ति हुँदा सिंगो संस्थालाई नै नोक्सानी हुन्छ। यस्तो नोक्सानीको भार समग्र सेयरधनीहरुले बेहोर्न बाध्य हुन्छन। बजार मुल्य भन्दा बढी मुल्यमा सेयर सकार्ने 'महानुभाव' हरुबाट कम्पनीलाई नाफा होला र त्यो कम्पनीले सेयरधनीहरुलाई राम्रो अंकको प्रतिफल देला भनेर कसले बिश्वास गर्ने ?

बुधबार सिद्धार्थ लगानी वृद्धि योजना १ परिपक्व भएपछि लिलामीमा राखिएको बिभिन्न २४ कम्पनीको एक लाख ४७ हजार ४१२ कित्ता सेयरको बोलपत्र खुला गरिंदा यस्तै दृश्य देखिएको छ। 

लिलाममा राखिएको सेयरमा कुल १७ संस्थाबाट बोलपत्र पेश हुँदा ३ कम्पनीले सेयर सकार्ने अवसर पाएका छन। तर यो अवसर लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेशनल लाइफ इन्स्योरेन्सका लागि 'घाटाको ब्यापार' साबित भएको छ। 

यी दुवै कम्पनीले लिलाममा राखिएको मेगा र टुरिजम डेभलपमेन्ट बैंकको सेयर अत्यन्त महँगो मुल्यमा सकारेर कम्पनीको नोक्सानी बढाएका छन। समायोजन मुल्यलाई आधार मान्ने हो भन मेगा बैंकको बजार मुल्य प्रति कित्ता करीब २२५ रुपैयाँ जति हुन आउँछ। 

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले मेगा र टुरिजमको सेयर प्रति कित्ता ३७५ र ४०३ रुपैयाँमा सकारेको छ भने नेशनल लाइफ इन्स्योरेन्सले ३८४  र ४१२ रुपैयाँमा सकारेका छन। जबकी सिद्धार्थ क्यापिलको अर्को सामूहिक लगानी कोष सिद्धार्थ इक्वीटी फण्डले मेगा र टुरिजमको सेयर प्रति कित्ता क्रमश:१८० र १९० रुपैयाँमा सकारेको छ। याद रहोस मेगाले टुरिजमलाई मर्ज गर्ने प्रस्ताब पारित गरि एकीकृत कारोबार गर्ने अनुमतिको पर्खाइमा रहेको छ। 

कुन उदेश्यले यी दुवै बिमा कम्पनीले यति महँगोमा टुरिजम र मेगा बैंकको लिलामको सेयर सकारे त्यस्को उत्तर यी कम्पनीका 'महानुभाव' लाई थाहा होला। तर उनीहरुले यत्ती महँगोमा सेयर सकारेको कुरालाई हामीले 'बेवकुफी' को रुपमा लिएका छौं। 

यो उदाहरण हेरेपछि तपाई के भन्नुहुन्छ यस्ता विश्लेषकलाई ?

मेगा बैंकको पछिल्लो सेयर मुल्य प्रति कित्ता ४५८ रुपैयाँ छ। यस मुल्यमा १३।२५ बोनस सेयर समायोजन गर्दा यसको मुल्य करिब ४०४ रुपैयाँ हुन आउँछ। यस मुल्यमा ६५ प्रतिशत हकप्रद लागत जोड्दा सेयरको मुल्य ४६९ हुन आउँछ। 

हकप्रद पश्चात सेयर मुल्य समायोजन गर्दा सेयरको मुल्य २८४ हुन आउँछ। यो मुल्यलाई अहिले घोषणा गरिएको करिब ९।४५ प्रतिशत बोनस समायोजन गर्दा सेयर मुल्य २५९ हुन आउँछ। मेगा बैंकको पछिल्लो अवस्थालाई आधार मान्दा यो मुल्य करिब २२५ रुपैयाँमा कारोबार हुने अनुमान गर्न सकिन्छ। यस्तो अवस्थामा १०-१५ प्रतिशतले घटेर लिलाम सकार्नुको सट्टा के आधारले यी दुई बिमा कम्पनीले मेगा बैंकको सेयर ४०३ र ४१२ मा सकारे ? सोचनीय बिषय हो। 

त्यहीं टुरिजमको सेयर मुल्य पनि समायोजन गर्ने हो भने यसको बजार मुल्य करिब २४० रुपैयाँ हुन आउँछ। टुरिजमको शतप्रतिशत हकप्रद र ९ प्रतिशत बोनस मुल्य समायोजन गर्दा यसको सेयर मुल्य २४० हाराहारी हुन आउँछ। मेगासंग १०० बराबर ९५ को स्वाप अनुपातमा मर्ज भएको टुरिजमको अहिलेको २ दशमलब ९ कित्ता पनि घटेर २ कित्तामा सिमित हुन पुग्छ। एकीकृत कारोबार पश्चात मेगा बैंकको नामबाट कारोबार हुनेहुँदा यसको बजार मुल्य भनेको २२५ हाराहारी नै हुन्छ। अब टुरिजमको सेयर प्रति कित्ता ३७५ र ३८४ मा सकार्नुले के अर्थ राख्छ ? तपाई नै सोच्नुहोस। 

समताको सेयर पम्प एण्ड डम्प हुने संकेत 

त्यस्तै बजार मुल्य ५६२ रुपैया रहेको समताको सेयर सिद्धार्थ क्यापिलको अर्को सामूहिक लगानी कोष सिद्धार्थ इक्वीटी फण्डले प्रति कित्ता १६७० रुपैयाँमा सकार्नुले भविष्यमा यो सेयर पम्प एण्ड डम्प हुने संकेत देखिएको छ। बजार मुल्य भन्दा ३ गुणा बढी मुल्यमा समताको सेयर सकार्नुले भविष्यमा यसको मुल्य अत्यधिक बढ्ने सिद्दार्थ क्यापिटलले अनुमान गरेको स्पष्ट छ। यसमा केहि क्यापिटलले समताको सेयर मुल्य प्रति कित्ता ३००० पुर्याउने गरेको दाबी झल्किएको छ। भविष्यमा समताको मुल्य अत्यधिक बढ्ने अनुमानका साथ यति महँगोमा समताको सेयर सकार्नुलाई हामीले यसरि बुझेका छौं। तपाईको के बुझाई रहेको छ ?       

लिलाममा राखिएको एक लाख ४७ हजार ४१२ कित्ता सेयरमध्ये लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ५० प्रतिशत, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत र सिद्धार्थ इक्वीटी फण्डले २५ प्रतिशत लिलामीकाे सेयर सकारेका छन। 

अन्य लिलामी भन्दा यसको लिलामीमा फरक ढाँचामा आवेदन दिने प्रकृति भएकाले धेरैको बोलपत्र प्रक्रिय नमिलेकाे कारण धेरै आबेदन रद्ध भएको  क्यापिटलको भनाई छ। 

सिद्धार्थ म्युचलफण्ड अन्तर्गत सञ्चालित उक्त सामूहिक लगानी कोष पुस ९ गते परिपक्क भएपछि पुस २६ गते देखि माघ २ गतेसम्म लिलामी खुला गरेको थियो । 

सिद्दार्थ इक्विटी फन्ड 

20180117_121326

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल

20180117_121351

नेशनल लाइफ इन्स्योरेन्स
2


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved