सानिमा बैंकको 'छोटो बुद्धि' का कारण सर्वसाधारणलाई दु:ख र हैरानी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 19, 2018 | 06:43:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकको सेयर किनेर लाभांश खाउँला भन्नेहरुले अहिले ठुलो शास्ती भोग्नु परेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट घोषणा गरेको १६ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर बापतको रकम नछुट्याईदिएकाले सेयरधनीहरुले दुख भोग्नु परेको हो। 

राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन दिनका लागी मर्जर,एक्जिविसन वा एक्वायर गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई २ आर्थिक बर्षका लागी लाभांशमा लाग्ने करमा छुट दिएको 'छुट' लाई सदुपयोग गर्ने बैंकको रणनीतिले जनताले भने दुख पाएका छन। 

बैंकले एकातर्फ बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्नु अघि कायम सेयरधनीहरुले बोनस शेयरका लागी कर तिर्नु नपर्ने सूचना जारि गरेको छ। '२०७३ पुष २८ गते पश्चात सानिमा बैंकको शेयर खरिद गर्ने सेयरधनीहरुले बोनसमा लाग्ने कर बुझाउनुपर्ने हुन्छ' बैंकले भनेको छ। तर बैंकले तोकेको मिति पश्चात सेयरखरिद गर्नेले मात्र नभई त्यस मिति पुर्व सेयर खरिद गर्नेले पनि बोनसमा लाग्ने कर बुझाउन बाध्य छन। 

बैंकको 'छोटो' बुद्दीका कारण बैंककै आफ्नै क्यापिटल सानिमा क्यापिटलको आलोचना बढेको छ। बैंकले २०७३ पुष २८ गते पश्चात कायम सेयरधनीलाई बोनसमा लाग्ने कर तिर्न भनेपनि प्राविधिक कठिनाईका कारण तोकिएको मिति पुर्व सेयर खरिद गर्नेले समेत 'कर' तिर्नुपरेको छ। 

यसबाट सर्वसाधारण सेयरधनि दोहोरो मारमा परेका छन। कर छूट हुने व्यवस्थालाई भरपुर प्रयोग गर्न खोज्दा आउने सक्ने प्राविधिक कठिनाईले सेयरधनीलाई बोनस प्राप्त गर्न दुख हुन्छ भन्ने कुरा सानिमा जस्तो बैंकले सोच्न नसक्दा सेयरधनीहरु कर तिर्न सम्बन्धित कार्यालय धाउन परेको छ। अर्को तर्फ बोनसमा कर तिर्न पर्दैन भनेर ढुक्कले बसेका सेयरधनीलाई समेत सानिमा बैंकबाट 'धोका' भएको छ। 

यहि साता मात्रै सेयरधनीहरु बोनसका लागि तिर्नु पर्ने कर तिर्न सानिमा क्यापिटल जाँदा क्यापिटलले २०७३ पुष २८ गतेसम्म कायम सेयरधनीहरुबाट समेत कर माग गरेको पाइएको छ। बैंकको यस्तो कार्यबाट सेयरधनीमा आक्रोश बढाएको छ भने सानिमा बैंक प्रतिको बिश्वास समेत घटेको छ। 

सानिमा जस्तो बैंकले बोनसमा लाग्ने कर आफैले छुट्टाएर बजारमा उदाहरणीय बैंक बन्नुपर्नेमा उल्टै तिर्ने नपर्ने बोनस बापतको कर उठाएर राष्ट्र बैंकको व्यवस्थालाई नै चुनौती दिएको छ।    

बैंकले बोनसमा लाग्ने कर रकम बैंकको शाखा कार्यालयमा गएर सो बुझाउन आग्रह गरेको छ। बैंकले कर रकम सानिमा बैंकमा रहेको क्यापिटलको खाता नम्बर ००१०००१०६०७०७ मा जम्मा गर्न भनेको छ। 

बैंकले गत असोज २९ गते सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताब पारित गरेको हो।बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्नु अघि अर्थात २०७३ पुष २८ गतेसम्म कायम सेयरधनीहरुले बोनस शेयरका लागी कर तिर्नु नपर्ने सानिमा बैंकले जनाएपनि त्यो 'मिथ्या' साबित भएको छ। 

सेयरधनीलाई दुख दिने सानिमा बैंक एक्लो संस्था होइन 

लाभांश बढी दिएको देखाउन लाभांशमा लाग्ने कर शेयरधनीलाई तिर्न लगाउनेमा सानिमा मात्र एक्लो संस्था होइन। यस अघि पनि ‘हाम्रो विकास बैंक’ ले समेत लाभांश कर छुट्टयाएन र शेयरधनीलाई कर तिर्न आउ भनेर फरमान जारी गरेको थियो। 

त्यस्तै सेन्चुरी बैंक, लक्ष्मी बैंक, सेवा विकास बैंक, कैलाश विकास बैंक, सिद्धार्थ इन्सुरेन्स लगायत कम्पनीले लाभांश घोषणा गर्दा लाभकर वापत रकम नछुट्याई शेयरधनीलाई नै कर तिर्न आउ अनि मात्र बोनस शेयर दिन्छु प्रशस्त दु:ख र हैरानी दिइसकेका छन। 

सानिमा बैंकका सेयरधनीलाई बोनस पाउन सास्ती, कहिलेसम्म सेयर किनेकाले तिर्नुपर्छ कर ?

   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved