शिवम सिमेन्ट्सले ५२ लाख कित्ता आईपियो निष्काशन गर्ने, प्रस्ताव पारित गर्न डाक्यो बिशेषसाधारणसभा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2018 | 08:46:33 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्टस लिमिटेडले प्रिमियममा आईपिओ निष्काशन गर्ने भएको छ  । आईपिओ प्रस्ताव पारित गर्न कम्पनीले माघ २१ गते आइतबार बिशेष साधारण सभा डाकेको छ  । कम्पनीको कर्पोरेट कार्यलय अनामनगरमा हुने बिशेष साधारण सभामा पुंजी वृद्धि प्रस्ताव, शेयर निष्काशन प्रस्तावमा छलफल हुने कम्पनीले जनाएको छ  । 

हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ३० करोड छ  । त्यसलाई बढाएर ४ अर्ब ४० करोड कायम गर्ने प्रस्ताव साधारण स्वाहामा पेश हुने छ  ।  त्यस्तै ४ अर्ब ४० करोडका दरले हुन् आउने ४ करोड ४० लाख शेयर मध्ये ५२ लाख ८० हजार थान शेयर सर्बसाधारणलाई निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश हुने छ  । उद्योग प्रभावित स्थानीय बासिन्दा समेतलाई गरी कम्पनीले  ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो।  यी शेयर प्रिमियम मूल्यमा जारि गर्ने कम्पनीले जनाएको छ । 

धितोपत्र बोर्डले बास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रिमियम मुल्यमा आईपिओ निष्काशन गर्ने सक्ने ब्यबस्था गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved