सिद्दार्थ इन्स्योरेन्स र ओमी माइक्रोफाइनान्सले मागे हकप्रद निष्काशन अनुमति, कसको कति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2018 | 12:24:10 PM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशनको अनुमति माग्दै सिद्दार्थ इन्स्योरेन्स र ओमी माइक्रोफाइनान्सले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 

सिद्दार्थ इन्स्योरेन्सले १०:३.५ को अनुपातमा ३५ प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गरेकोहो । कम्पनीले २२ करोड ४४ लाखको २२ लाख ४४ हजार ९ सय ७३ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ८६ करोड ६० लाख पुग्ने छ । 

त्यस्तै ओमी माइक्रोफाइनान्सले १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशनको अनुमति मागेको छ । कम्पनीले २ करोड ३३ लाख २८ हजारको २ लाख ३३ हजार २ सय ८० कित्ता हकप्रद निष्काशन गर्न अनुमति मागेको हो । 

कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । 

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १० करोड १० लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved