सानिमाले लगानीकर्ताको आशा जगायो, ब्याज खर्च बढेपनि यसरि गर्यो 'सन्तोषजनक' कमाई

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 08:09:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले चालु आर्थीक बर्षको दोस्रो त्रैमासमा संचालन मुनाफा, खुद ब्याज आम्दानी, विदेशी मुद्राको कारोबार लगायतमा सुधार गरि प्रस्तुत गरेको वित्तीय विवरणले लगानीकर्तामा उत्साह जगाएको छ। 

दोस्रो त्रैमासमा पहिलो बन्दै सिटिजन बैंकले प्रस्तुत गरेको वित्तीय विवरण देखेर 'निराश' बनेका लगानीकर्तामा सानिमा बैंकको वित्तीय बिबरणले केहि आशा जगाएको छ। 

यस अवधिमा बैंकले ८२ करोड ४७ लाख रुपैंया खुद नाफा कमाएको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ६२ करोड २४ लाख रुपैंया खुद नाफा कमाएको थियो।

पहिलो त्रैमासमा सानिमा बैंक:खराब कर्जा र इपिएसको सन्तुलन बिग्रिएको सानिमाको वित्तीय विवरणलाई कसरि बुझ्ने ?

सानिमाको खुद मुनाफा पुंजी वृद्धि अनुपातमा नबढेकाले प्रति सेयर आम्दानी तुलनात्मक रुपमा घटेको देखिएको हो। यद्दपी ५० प्रतिशतले पुंजी बढाएको बैंकले प्रति सेयर आम्दानी २३ रुपैयाँबाट २० रुपैयाँमा कायम राख्नु राम्रै मानुपर्ने हुन्छ। बैंकले चुक्ता पुंजी ५ अर्ब ३० करोडबाट बढाएर ८ अर्ब १२ लाख पुर्याएको छ।  

अन्य बैंक वित्तीय संस्थाको झैँ सानिमा बैंकको पनि ब्याज खर्च बढेकाले बैंकहरुको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी घट्दा समग्रमा खु मुनाफा खुम्चिएको हो।

सानिमाले निक्षेप संकलन तथा कर्जा विस्तारमा सुधार गरेको छ। यद्दपी खराब कर्जा अनुपात सन्तुलन राख्न सक्ने बैंकको रुपमा चिनिएको सानिमाको खराब कर्जा अनुपात भने ०.१ प्रतिसतबाट बढेर ०.३ प्रतिशतमा उक्लिएको छ। यस अवधिमा बैंकले ६८ अर्ब ३९ करोड निक्षेप संकलन गरेर ६० अर्ब ५२ करोड कर्जा परिचालन गरेको छ। बैंकको कर्जा पूँजी निक्षेप अनुपात ७८.९९ प्रतिशत रहेकोले उसले आगामी दिनमा निक्षेप संकलनमा जोड दिनुपर्ने देखिएको छ।   

यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२३ रुपैंया ५५ पैसा तथा मूल्य आम्दानी अनुपात १६.५४ गुणाले बढी छ। समग्रमा सानिमाको दोस्रो त्रैमासको प्रगतिलाई राम्रै मान्नु पर्ने देखिन्छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved