सिद्दार्थ बैंकले चाहेजस्तो प्रगति गर्न सकेन, यस्ता छन आम्दानी घट्नुका प्रमुख कारण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 08:38:53 AM मा प्रकाशित

laxmi  sunrise bank

निक्षेप संकलन र कर्जा परिचालनमा आक्रमक देखिएको सिद्दार्थ बैकको प्रगतीमा ब्याज र कर्मचारी खर्च बाधक बनेको छ। खर्च नियन्त्रण गर्न नसक्दा सिद्दार्थको कमाई गत आर्थिक बर्षको तुलनामा ५ करोडले मात्र बढेको छ। 

गत आर्थिक बर्षको यस अवधिमा ७२ करोड खुद मुनाफा गरेको सिद्दार्थले यस आर्थिक बर्षको पहिलो ६ महिनामा ७७ करोड खुद मुनाफा गरेको छ। बैंकले आक्रामक रुपमा निक्षेप संकलन गरि कर्जा प्रवाह गर्दा उसको बढेको ब्याज खर्चले लगानीकर्ताले अपेक्षा गरेजस्तो प्रगती विवरण आउन नसकेको स्पष्ट देखिन्छ। 

खुद ब्याज आम्दानी ९ करोडले बढ्दा संचालन खर्च ५ करोडले बढेको छ। जस कारण संचालन मुनाफा १ करोडले मात्र बढ्न जाँदा खुद मुनाफा खुम्चिन पुगेको हो। 

यस अवधिमा बैंकले ८५ अर्ब ५६ करोड निक्षेप संकलन गरि ७५ अर्ब ६९ करोड कर्जा परिचालन गरेको छ। च्कता पुंजी वृद्धिको अनुपातमा कमाई वृद्धि गर्न निक्षेप संचालन र कर्जा परिचालनमा आक्रामक देखिएको सिद्दार्थ बैंकको कर्जा निक्षेपको अनुपात ७८।३३ प्रतिशत पुगेको छ। जस कारण सिद्दार्थ बैंकपनि सानिमा बैंक झैँ निक्षेप संकलन तर्फ केन्द्रित नभई आगामी दिनमा कर्जा परिचालन गर्न अप्ठ्यारोमा देखिएको छ।   

बैंकले चुक्ता पुनी ५ अर्ब २३ करोडबाट ७ अर्ब ५ करोड पुर्याउंदा सोहि अनुपातमा मुनाफा वृद्धि गर्न सकेको छैन। जस कारण बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँबाट २२ रुपैयाँमा झरेको छ। तर यो गिरावटलाई सामान्य नै मानुपर्ने हुन्छ किनकि बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा पाइपलाइनमा रहेको १० प्रतिशत हकप्रद बापत प्राप्त रकमलाई समेत समायोजन गरिएको छ।  

यस अवधिमा बैंकको बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा, प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ५१ पैसा छ भने खराब कर्जा अनुपात १.५० प्रतिशत रहेको छ।    



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved