साल्ट ट्रेडिङ कर्पोरेशनले ३५ प्रतिशत लाभांश दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2018 | 11:03:14 AM मा प्रकाशित

laxmi  sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कर्पोरेशनको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनी संचालक समितिले राखेको प्रस्तावलाई आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले उक्त लाभांश पाउनेछन् । 

हाल कम्पनीको चुक्ता पूँजी ९  करोड ८० लाख  रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी करिब १२ करोड २५ लाख पुग्नेछ । गतबर्ष कम्पनीले २० प्रतिशत बोनश तथा ५  प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सरकार र निजी क्षेत्रको समेत स्वामित्व रहेको साल्ट ट्रेडिङले भारतबाट नुनको आयात गरी विक्री गनर्सका साथै चिनी, खाना पकाउने ग्यास, खाद्यन्न (चामल र दाल) लगायतको कारोबार गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved