शेयर किन्न दबाब दिने ब्रोकर धितोपत्र बोर्डको कारबाहीमा, ७५ हजार जरिवाना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2018 | 02:36:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ब्यबसायिक आचरण पालना नगर्ने ब्रोकरलाई आर्थिक जरिवाना गरेको छ । बोर्डले ब्यबसायिक आचरण कायम गर्न नसकेको र संस्थाले ब्यबसायिक स्तर कायम नगरेको पाईएकोले धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्यूरिटिजलाई ७५ हजार जरिवाना गरेको हो  । 

प्रज्ञान सेक्यूरिटिजको बिराटनगर शाखाका प्रमुखले सिभिल बैंकको साधारण सभा अगावै शेयर किन्नुहोस्, ४० प्रतिशत हकप्रद आउने भएको छ, राम्रो फाइदा हुन्छ, फाइदा गराउने काम हाम्रो भन्ने आशयको जानकारी भाइवर म्यासेजमा ग्रुप बनाएर पठाएका थिए।

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम बोर्डले दलाल व्यवसायीलाई जरिवाना लगाएको हो ।

यस्ता किसिमका कारबाहीबाट ब्रोकरलाई ब्यबसाय संचालन गर्दा आफुले पालना गर्नु पर्ने ब्यबसायिक सिद्दान्तको पालना तर्फ थप सजग गराउने र यसले दोस्रो बजार थप स्वच्छ र पारदर्शी हुने बोर्डले बिश्वास लिएको छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved