सिटिजन क्यापिटललाई लगानी जुटाउन हम्मे हम्मे, भनेजति आवेदन नपरेपछि समय थप

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 22, 2018 | 07:19:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंकको पूर्ण स्वामित्वमा रहेको सिबिआईएल क्यापिटलले निष्काशन गरेको 'सिटिजन म्युचुअल फन्ड १' को इकाईमा लगानीकर्ताले 'चाँसो' नदिएपछी आबेदनको म्याद थप गरिएको छ। 

क्यापिटलले माघ २ देखि छिटोमा माघ ७ र ढिलोमा माघ १७ सम्मका लागि १० रुपैयाँ अंकित १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रि खुला गरेको थियो। तर माघ ७ गते आइतबार बेलुकासम्म करिब ११ हजार आवेदकबाट पाँच करोड इकाईका लागि ५० करोड रुपैयाँ बढीको आवेदन परेको क्यापिटलले जनाएको छ। सबै संकलन केन्द्रबाट तथ्याङ्क आइनसकेकाले यो नै अन्तिम तथ्यांक नभएको क्यापिटलको भनाई छ।  

निष्काशन गरेको इकाई भन्दा झन्डै आधा इकाई मात्र बिक्रि भएपछी क्यापिटलले म्याद थप गरि माघ १७ सम्म आबेदन दिन मिल्ने बनाएको छ। यदि बिक्रि खुला गरिएको इकाईमा माग आबेदन परेमा बिचैमा आबेदन बन्द गर्न सकिने क्यापिटलले जनाएको छ। 

एनआईसी एसिया क्यापिटलले पनि माघ २ देखि नै १ अर्व रुपैयाँ बराबरको 'एनआइसी एशिया ग्रोथ फण्ड' को इकाई बिक्रिमा ल्याउँदा सिटिजन क्यापिटलले निष्काशन गरेको इकाई छायाँमा परको विश्लेषण गरिएको छ।   

कोषको कुल १० करोड इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई सिटिजन बैंकको लागि छुट्याइएको छ। बाँकी ८ करोड ५०  लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। फन्ड निष्काशनका लागि क्यापिटलले नेपाल धितोपत्र बोर्डले पुष १८ मा स्वीकृति प्राप्त गरेको हो।  

एक जना लगानीकर्ताले न्युनतम १०० इकाई र अधिकतम २० लाख इकाईका लागि अर्थात एक हजार रुपैयाँदेखि २ करोड बराबरको आबेदन दिन सक्नेछन।

इच्छुक लगानीकर्ताले सिबिआईएल क्यापिटल बाटुलीघर, पुतलीसडक र सिटिजन बैंकका सम्पूर्ण शाखा कार्यालयबाट फारम प्राप्त गरी आबेदन दिन सक्नेछन।  आवेदककर्ताले आस्वा मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थाका ७७ जिल्लाका शाखा कार्यालयबाट समेत आबेदन दिन सक्नेछन।

सिबिआईएल क्यापिटलको पहिलो मुचुअल फन्ड 'सिटिजन म्युचुअल फन्ड' ७ बर्ष बन्दमुखी योजना हो। योजना बिक्री भएपछि नेप्सेमा पनि सुचिकृत हुने भएकोले ७ वर्ष अगावै पनि दोस्रो बजारमा इकाई कारोबार गर्न सकिनेछ। योजना मार्फत उठेको रकम मध्येको झन्डै ७० प्रतिशत रकम पुंजी बजारमा लगानी हुनेछ। यसले पुंजीबजारमा बढ्दो सेयर आपूर्तिमा केहि सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।    

हाल बजारमा १२ वटा यस्ता सामूहिक लगानी कोष सञ्चालनमा रहेका छन्। जस मध्ये १० वटा म्युचुअल फन्ड नेप्सेमा सुचिकृत छन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved