भोलीबाट बिक्रि खुला हुने भनिएको सामुदायिक लघुवित्तको आईपिओ निष्काशन प्रक्रिया स्थगित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2018 | 08:09:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपियो निष्काशन प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ ।  कम्पनीले भोली माघ ९ गते देखि ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशन गर्ने तयारी गरेको थियो । 

लगानीकर्ताले छिटोमा माघ १२ सम्म र ढिलोमा फागुन ८ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने गरी कम्पनीले आह्वान पत्र समेत सार्बजनिक गरिसकेको थियो  । तर अचानक कम्पनीको आईपिओ निष्काशन प्रक्रिया स्थगित भएको छ । 

कम्पनीले आज एक सूचना जारि गर्दै अर्को सूचना जारी नभएसम्म आईपिओ सम्बन्धि सम्पूर्ण प्रक्रिया स्थगन भएको जानकारी दिएको हो ।  धितोपत्र बोर्डले माघ २ गते पत्र पठाएर बिशेष कारणबश अर्को जानकारी नगराएसम्म प्रारम्भिक निष्काशन रोक्न निर्देशन दिएकोले आईपिओ निष्काशन हालको लागि स्थगन गरिएको लघुवित्तले जनाएको छ ।   

सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी १० करोड पुग्नेछ भने शेयर स्वामित्व संस्थापक तर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत पुग्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको छ। लघुवित्तले हाल ३२ वटा शाखा मार्फत १५ जिल्लामा लघुवित्त सेवा दिंदै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved