कहिले बाँडफांड हुन्छ उन्नति माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको शेयर, यसो भन्छन् बिक्रि प्रबन्धक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2018 | 09:41:02 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाइनान्सले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर (आइपीओ) बाँडफांड हुन् अझै १५ देखि २० दिन सम्म लाग्ने भएको छ । बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार अझै पनि उपत्यका बाहिरका जिल्लाहरुबाट सम्पूर्ण तथ्यांक आईनसकेकोले शेयर बाँडफांड हुन् अझै ३ हप्तासम्म लाग्न सक्ने जानकारी दिएको हो । 

 माइक्रोफाइनान्सले पुष २१ देखि पुस २५ सम्म निष्काशन गरेको १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओमा ५३ गुणा बढी आबेदन परेको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ। 

क्यापिटलका अनुसार सर्वसाधारणका लागि छुट्याइएको १ लाख ५० हजार १ सय ५० कित्ता शेयरमा २ लाख ४९ हजारबाट ७९ करोड २ लाखको  आबेदन परेको छ। उक्त आबेदन माग भन्दा झन्डै ५३ गुणाले बढी हो। 

उन्नतिले निष्काशन गरेको कुल १ लाख ६५ हजार कित्ता मध्ये ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको छ।

अर्थात सर्वसाधारणका लागि छुट्याइएको १ लाख ५० हजार १ सय ५० कित्ता शेयरमा सबै आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गर्दा मात्र १५ हजार १५ जनाले मात्र उन्नतिको शेयर प्राप्त गर्नेछन। यस आधारमा प्रत्येक १०० जना आवेदक मध्ये मात्र ६ जना अर्थात ६ प्रतिशतले मात्र उन्नतिको शेयर प्राप्त गर्नेछन। बाँकी ९४ प्रतिशतको हात रित्तो हुने निश्चित छ। आइपीओको बाँडफाँड समयमै हुने क्यापिटलले जनाएको छ।      

हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ३ करोड ८५ लाख रहेकोमा आईपिओ निष्काशनपछि चुक्ता पुंजी ५ करोड नाघ्ने छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४५ लाख ११ हजार खुद मुनाफा गरेको छ। रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १० जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।   


त्यस्तै प्रिमियर इन्स्योरेन्सले निष्काशन गरेको एफपिओ बांडफांड भने माघ १९ गते भित्र हुने भएको छ ।  बिक्रि प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उपत्यका बाहिरका जिल्लाहरुबाट सबै तथ्यांक आईसकेको र अहिले कम्पाईलेशनको काम चलिरहेको छ । माघ १९ भित्र नै एफपिओ बाँडफांड गरी सक्ने क्यापिटलले जनाएको छ । 

प्रिमियर इन्स्योरेन्सले पुस १६ गतेदेखि  पुस १९ गतेसम्म एफपिओ निष्काशन गरेको थियो ।  इन्स्योरेन्सले प्रति कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ७९९ का दरले ६ लाख ५९ हजार ५६५ कित्ता सेयर बिक्रि गरेको हो   । 

एफपिओमा १ लाख ८३ हजार आवेदकबाट ३ अर्ब २२ करोडको आवेदन परेको थियो ।  एफपीओ बिक्रि तथा वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ५१ करोड ४४ लाख पुग्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पुंजी ४४ करोड ८५ लाख छ। एफपीओ बिक्रि पश्चात कम्पनीको चुक्ता पुंजी ६ करोड ५९ लाखले बढ्नेछ भने उसको जगेडा कोषमा ४६ करोड १० लाख जम्मा हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved