अचानक किन रोकियो सामुदायिक लघुवित्तको आईपिओ? यसो भन्छन बोर्ड, राष्ट्र बैंक र बिक्रि प्रबन्धक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2018 | 11:35:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपियो निष्काशन प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ ।  कम्पनीले भोली माघ ९ गते देखि ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशन गर्ने तयारी गरेको थियो । 

लगानीकर्ताले छिटोमा माघ १२ सम्म र ढिलोमा फागुन ८ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने गरी कम्पनीले आह्वान पत्र समेत सार्बजनिक गरिसकेको थियो  । तर अचानक कम्पनीको आईपिओ निष्काशन प्रक्रिया स्थगित भएको छ । 

कम्पनीले आज एक सूचना जारि गर्दै अर्को सूचना जारी नभएसम्म आईपिओ सम्बन्धि सम्पूर्ण प्रक्रिया स्थगन भएको जानकारी दिएको हो ।  धितोपत्र बोर्डले माघ २ गते पत्र पठाएर बिशेष कारणबश अर्को जानकारी नगराएसम्म प्राथमिक निष्काशन रोक्न निर्देशन दिएको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले जनाएको छ ।   

स्थगनको कारण बारे  नेपाल एसबिआई मर्चेन्टका एक उच्च अधिकारीले हालै एकसाथ २ वटा म्युचल फण्ड आएको , केहि समय अघि मात्र आईपिओ र एफपिओहरु बिक्रि भएकोले 'फ्लोट म्यानेज'गर्नको लागि केहि समयको लागि आईपिओ निष्काशन प्रक्रिया स्थगन गरिएको हुन् सकने बताए  ।

यस बारे धितोपत्र बोर्डका सहायक प्रबक्ता निरंजय घिमिरेले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बिक्रि प्रबन्धकलाई परिपत्र गरिएको बताए । राष्ट्र बैंकले कम्पनीको विवरणमा केहि कैफियत भेटेकोले स्थगित गर्न निर्देशन दिएको बताए ।

यस बारे नेपाल राष्ट बैंकका प्रबक्ता नारायण पौडेलसंग बुझ्दा उनले नेपाल राष्ट बैंकको सुपरिवेक्षण बिभागले गरेको अनुगमनको क्रममा सामुदायिक लघुवित्तको विवरणमा कैफियत भेटिएको र तत्काल आईपिओ रोक्न निर्देशन दिएको जानकारी दिए । उनका अनुसार लघुवित्तको वित्तीय विवरणमा कैफियत देखियको छ, त्यसमा विभिन्न कमि कमजोरी फेला परेका छन्, कम्पनीले जारी गरेको पछिल्लो रिपोर्टमा संस्थागत शुशासन् देखिएको छैन, कम्पनीमा अनियमितता देखिएको छ, कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकहरु अवास्तविक छन्, यथार्थमा मेल खाएको छैन । यस बिषयमा सुपरिवेक्षण बिभागले अनुगम र अध्ययन जारि राखेको पनि उनले जानकारी दिए । यस्तो अवस्थामा कम्पनीले अहिले नै सर्बसाधारणलाई शेयर निष्काशन गर्न उचित नहुने भएकोले अर्को सूचना नआएसम्म रोक्न निर्देशन भएको बताए ।

 नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको छ। लघुवित्तले हाल ३२ वटा शाखा मार्फत १५ जिल्लामा लघुवित्त सेवा दिंदै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved