सानिमा माई हाइड्रोको कारोबार उच्च, कमाउनेमा कामना सेवा विकास बैंक अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2018 | 01:20:20 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार बजार परिसूचक नेप्से झिनो अंकले घटेको छ । आज नेप्से सूचक ०.५८ अंकले ओरालो लागेर १४०२.०९ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६३ कम्पनीका ९ लाख ५४ हजार ६ सय ३० कित्ता शेयर खरिद बिक्रिबाट ३६ करोड ६४ लाख ३० हजार ९ सय ३४ रुपियाँको कारोबार भएको छ ।

आज बैंकिंग, ट्रेडिङ, होटेल, हाइड्रो र उत्पादन समूह बाहेकका सबै सूचक घटेका छन् । आज सानिमा माई हाइड्रोको सबै भन्दा धेरै ५ करोड १८ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेको इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स, सनराइज बैंक संस्थापक शेयर, नबिल बैंक लगायत रहेका छन् ।

आज कामना सेवा विकास बैंकका लगानीकर्ताले सर्बाधिक ७.५९ प्रतिशत र बिशाल बजार कम्पनीका लगानीकर्ताले ७.०१ प्रतिशत कमाएका छन् । रिडी हाइड्रो, मन्जुश्री फाइनान्स, कन्काई विकास लगायत पनि बढी कमौनेको सुचीमा परेका छन् ।

आज बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सर्बाधिक ४.३ प्रतिशत गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved