शेयर कारोबार गर्न अब दुईजना व्यक्तिको तीनपुस्ते विवरण चाहिने, यस्तो छ बोर्डको नयाँ ब्यबस्था

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2018 | 03:35:37 PM मा प्रकाशित

laxmi  sunrise bank

 धितोपत्रको कारोवार प्रक्रियालाई थप व्यवस्थित तथा पारदर्शी वनाउन नेपाल धितोपत्र बोर्डले नयाँ ब्यबस्था गरेको छ । बोर्डले धितोपत्रको कारोवार गर्दा धितोपत्र दलाल व्यवसायीहरुले राख्नु पर्ने ग्राहकको विवरण (KYC) लाई परिमार्जित एवं विस्तृत रुपमा समय सापेक्ष वनाएको हो ।

हाल सम्म धितोपत्र कारोवार गर्दा सिमित रुपमा मात्र ग्राहक विवरण (KYC) भर्नु पर्ने व्यवस्था रहेकोमा अब   ग्राहकको परिवारका सदस्यहरुको विवरण, पेशागत विवरण, ग्राहकको वसोवास गर्ने स्थानको नक्शा, इन्भेष्टमेन्ट कम्पनीमा संग्लन भए नभएको विवरण धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन नगरेको उद्घोषण, कम्पनी/संस्थाको हकमा दर्ता सम्वन्धी विस्तृत विवरण तथा कम्पनी/संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तिन पुस्ते विवरण जस्ता थप विवरणखुलाउनु पर्ने छ।

लगानीकर्ताको हित संरक्षण, स्वच्छ तथा पारदर्शी वजारको विकास तथा धितोपत्र कारोवारमा निहित जोखिम समेत न्युनिकरण गर्ने उद्देश्यले बोर्डले यो ब्यबस्था लागु गरेको हो । बोर्डले वोर्डवाट तयार गरिए बमोजिमको विवरण (KYC) उपलव्ध गराएर मात्र धितोपत्र कारोवारमा संलग्न भई वोर्डको कार्यमा सवै लगानीकर्ताहरुले सहयोग पुर्याउन सबै लगानीकर्तामा अनुरोध गरेको छ 

 हालै मात्र वोर्डले धितोपत्र दलाल व्यवसायीहरुले राख्नु पर्ने ग्राहकको विवरण (KYC) नराखेको सम्वन्धमा केही धितोपत्र दलाल व्यवसायीहरुलाई कारवाही समेत गरेको थियो ।  अबको नयाँ व्यवस्थाले ग्राहक विवरण (KYC) को अभिलेख विस्तृत रुपमा परिष्कृत भई धितोपत्र दलाल व्यवसायीहरुलाई समेत सहज हुने तथा धितोपत्र कारोवारमा हुने जोखिम न्युनिकरण हुने बोर्डको अपेक्षा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved