मन्जुश्रीले गर्यो लोभलाग्दो प्रगति, रिजर्भ १६८ प्रतिशतले बढ्दा फाइनान्सको सेयरमा लगानी कति फाइदामुलक ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 22, 2018 | 05:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्सले चालु आर्थीक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरि आफ्नो शाख: बढाएको छ। ब्याज खर्च बढ्दा बैंकहरुले मुनाफामा अपेक्षेकृत प्रगति गर्न नसक्दा मन्जुश्री फाइनान्सले खुद ब्याज आम्दानि २५ प्रतिशतले बढाएर मुनाफा बढाएको छ। 

यस अवधिमा फाइनान्सको खुद मुनाफा करिब ७५ प्रतिशतले बढेर ४ करोड १४ लाख पुगेको छ। गत आर्थिक बर्षको यस अवधिमा फाइनान्सले २ करोड ३७ लाख खुद मुनाफा गरेको थियो। 

व्यवसाय बिस्तारका लागि शाखा संजाल बढाउदै लगेको फाइनान्सको संचालन खर्च बढेपनि सोहि अनुपातमा गैरसंचालन आम्दानीमा वृद्धि गर्न सफल भएपछी लोभलाग्दो गरि खुद मुनाफा बढाउन सफल भएको हो।

कारोबार विस्तार गर्ने क्रममा फाइनान्सले यस अवधिमा ४ अर्ब ८३ करोड निक्षेप संकलन गरि ४ अर्ब ३९ करोड कर्जा परिचालन गरेको छ। जसबाट फाइनान्सले यस अवधिमा ७ करोड ४५ लाख खुद ब्याज आम्दानी गरेको छ। 

समिक्षा अवधिसंगको तुलनामा १५३ प्रतिशतले चुक्ता पुंजी बढाएको फाइनान्सले प्रति सेयर आम्दानीमा समेत सन्तुलन कायम राख्न सफल देखिएको छ। चुक्ता पुंजी २८ करोडबाट ७२ करोड ४३ लाख पुर्याउंदा फाइनान्सको प्रति सेयर आम्दानी १६।६० बाट ११।४३ रुपैयाँ पुगेको छ। फाइनान्सको यो इपिएसलाई सामान्य मान्नु पर्छ। 

चुक्ता पुंजी वृद्धिको अनुपात मा फाइनान्सले कारोबार बिस्तारमा पनि उल्लेख्य प्रगति गरेकाले र जगेडा कोष रकम समेत १६८ प्रतिशतले बढाएर १३ करोड पुर्याएकाले फाइनान्सले आगामी दिनमा प्रगतिमा छलांग मार्ने देखिन्छ।    

यस अवधीमा फाइनान्सको खराब कर्जा अनुपात समेत २.६३ प्रतिशतबाट घटेर २.३८ प्रतिशतमा झरेको छ। कारोबार बिस्तारमा आक्रमक देखिंदा निष्कृय कर्जाको अनुपात सन्तुलन हुनुलाई फाइनान्सको उपलब्धि नै मान्नुपर्ने हुन्छ। 

फाइनान्सले नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापुंजी ८० करोड पुर्याउन ५ प्रतिशत हकप्रद बिक्रिको प्रक्रिया अगाडी बढाएको छ।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved