१३ प्रतिशतले नाफा बढ्दा गरिमा बिकास बैंकको 'गरिमा' कहाँ पुग्यो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 22, 2018 | 06:45:21 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा बेस राष्ट्रिय स्तरको गरिमा विकास बैंकले दोस्रो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेको छ। ब्याज खर्च बढेर महँगोमा निक्षेप उठाउन बाध्य हुँदा समेत गरिमाले सन्तोषजनक प्रगति विवरण पस्किएको छ। 

स्याङ्जाबाट कारोबार सुरु गरि राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा उदय भएको गरिमा विकास बैंकलाई काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थापना गर्नु फापेको छ।

महँगो ब्याजदरमा निक्षेप संकलन गरि कर्जा प्रवाह गर्नु पर्ने चुनौतीलाई थेग्दै गरिमाले दोस्रो त्रैमासमा खुद मुनाफा १३।१७ प्रतिशतले बढाएको छ। गत आर्थिक बर्षको यस अवधिमा १५ करोड ९५ लाख खुद मुनाफा आर्जन गरेको गरिमाले यस अवधिमा १८ करोड ५ लाख खुद मुनाफा गरेको छ। 

गत आर्थिक बर्षसंगको तुलनामा गरिमाको खुद ब्याज आम्दानी ३४ करोड ३४ लाखबाट बढाएर गरिमाले ४३ करोड ७९ लाख पुर्याएको छ। ब्याज खर्च दोब्बरले बढ्दा समेत खुद ब्याज आम्दानीको यो सन्तुलनलाई राम्रै मान्नुपर्ने हुन्छ। 

यस अवधिमा गरिमाले निक्षेप संकलन तथा कर्जा प्रवाहमा समेत उत्तिकै प्रगति गरेको छ। यस अवधिमा गरिमाले १७ अर्ब ४१ करोड निक्षेप संकलन गरि १५ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा गरिमाले १३ अर्ब ३७ करोड निक्षेप संकलन गरि ११ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको थियो। 

कारोबार बिस्तारमा आक्रामक बनेको गरिमाको खराब कर्जा अनुपात समेत सन्तुलनमा रहेको छ। उसले गत आर्थिक बर्षको निष्कृय कर्जाको अनुपातलाई ०।८४ प्रतिशतबाट ०।४७ प्रतिशतमा झारेको छ।

१३४ प्रतिशतले चुक्ता पुंजी वृद्धि गरी १ अर्बबाट २ अर्ब ५३ करोड पुर्याएको गरिमाको प्रति सेयर आम्दानी २९ रुपैयाँबाट १४ रुपैयाँमा ओर्लिएको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट बितरण गरेको १५ प्रतिशत बोनस सेयरलाई पुंजीकृत गरि देखाएको अवस्था हुँदा बैंकको यो इपिएसलाई राम्रै मान्नुपर्ने हुन्छ।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved