कामना सेवामा देखियो प्रगतिको छनक,नाफा ३५ प्रतिशतले बढ्दा सेयरमा लगानी कति उचित ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 22, 2018 | 07:49:50 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरामा केन्द्रीय कार्यालय रहेको कामना र बुटवलमा केन्द्रीय कार्यालय सेवाबीच मर्जर भई बनेको राष्ट्रिय स्तरको कामना सेवा विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा प्रगती गरेको वितिय विवरण सार्वजनिक गरेको छ। 

कामना सेवाको खुद मुनाफा ३५ प्रतिशतले बढेर १३ करोड ६१ लाख पुगेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैकले १० करोड ५ लाख खुद मुनाफा गरेको थियो। 

यस अवधिमा बैंकले १३ अर्ब ८७ करोड निक्षेप संकलन गरि १२ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ६ अर्ब ८९ करोड निक्षेप संकलन गरि ६ अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात भने १।४८ प्रतिशतले बढेर २.१३ प्रतिशतमा पुगेको छ।  

निक्षेप संकलन र कर्जा प्रवाहमा ब्यापक प्रगति गरेको कामना सेवाको खुद ब्याज आम्दानी समेत यस अवधिमा ३० करोड ८७ लाख पुगेको छ। गत आर्थिक बर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी २० करोड ७६ लाख थियो। 

यस अवधिमा बैंकको चुक्ता पुंजी २ अर्ब ६ करोड छ भने जगेडा कोषमा ९६ करोड ४२ लाख छ। बैंकले चुक्ता पुंजी २११ प्रतिशतले वृद्धि गर्दा प्रति सेयर आम्दानी ५६ प्रतिशतले घटेर ३० रुपैयाँबाट १३ रुपैयाँमा झर्नु सामान्य लिनुपर्छ। बैंकले कारोबार विस्तारको क्रममा निक्षेप संकलन तथा कर्जा प्रवाहमा गरेको वृद्धि र खुद ब्याज आम्दानीमा देखिएको सुधारिएको प्रगतिले आगामी दिनमा सन्तोषजनक प्रगति गर्ने अपेक्षा गर्न सकिन्छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved