ब्याज र कर्मचारी खर्चको दबाबका बावजुत लक्ष्मी बैंकको प्रगती सन्तोषजनक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 23, 2018 | 07:01:12 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सन्तोषजनक प्रगति गरेको वित्तीय विवरण प्रस्तुत गरेको छ। ब्याज आम्दानी भन्दा खर्चको मात्रा बढी हुँदा नाफा प्रभावित भएपनि बैकले यस अवधिमा खुद मुनाफा २८ प्रतिशतले बढाएको छ। 

गत आर्थिक बर्षको यस अवधिमा ४० करोड ६३ लाख खुद मुनाफा गरेको बैंकले यस अवधिमा ५१ करोड ९२ लाख खुद मुनाफा आर्जन गरेको छ। बैंकले नियमति कारोबार बढाएर संचालन आम्दानी बढाउँदा उसको कर्मचारी खर्च र ब्याज खर्चले कमाई वृद्धिमा बाधा पुर्याएको छ। 

यस अवधिमा बैंकले ६० अर्ब २७ करोड निक्षेप संकलन गरि ५५ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ। कर्जा प्रवाहमा आक्रामक बनेको बैंकको खराब कर्जा अनुपात १।३१ प्रतिशतबाट घटेर १।२९ प्रतिशतमा झरेको छ। 

बैंकले ३ अर्बबाट चुक्ता पुंजी बढाएर ८ अर्ब २२ करोड पुर्याउंदा प्रति सेयर आम्दानी २६ रुपैयाँबाट १२ रुपैयाँमा ओर्लिएको छ। चुक्ता पुंजी वृद्धि अनुपातमा कमाई बढ्न नसक्दा प्रति सेयर आम्दानीमा यत्तिको फरक आउनुलाई सामान्य नै मान्नु पर्ने हुन्छ। 


   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved