नगद लाभांश नलिएका लगानीकर्तालाई फागुन ८ सम्म लिई सक्न सिद्दार्थ इन्स्योरेन्सको आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2018 | 08:44:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ इन्स्योरेन्सले नगद लाभांश लिन बाँकी रहेका सम्पूर्ण शेयरधनीलाई आगामी फागुन ८ गतेसम्म नगद लाभांश लिन अनुरोध गरेको छ  । कम्पनीले आर्थिक ६५/६६ तथा ६६/६७ मा वितरण गरिएको नगद लाभांश लिन हरेक बर्ष सूचना जारि गरेपनि केहि शेयरधनीहरु उक्त रकम लिन नआएको बताएको छ  ।

कम्पनीले फागुन ८ गते भित्र शेयर रजिस्ट्रार एनएमबि क्यापिटलमा गएर आफ्नो लिन बाँकी नगद लाभांश चेक लिन आग्रह गरेको छ  । सो समयसम्म पनि लाभांश लिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने र त्यसपश्चात लगानीकर्ताले लाभांश नपाउने कम्पनीले स्पष्ट पारेको छ  ।

कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा ९ मा कम्पनीको साधारणसभाले निर्णय गरेको ५ बर्षसम्म पनि शेयरधनीले लाभांश बुझी लिन नआएमा भुक्तानी हुन् बाँकी रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु पर्ने ब्यबस्था छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved