सिटिजन्सपछि 'एनआइसी एशिया ग्रोथ फण्ड' मा आवेदन दिने म्याद पनि थपियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2018 | 10:02:43 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईसी एसिया क्यापिटलको व्यवस्थापनमा रहेको 'एनआइसी एशिया ग्रोथ फण्ड' मा आवेदन दिने म्याद थपिएको छ । माघ २ गतेदेखि आवेदन खुला भएकोमा  छिटोमा माघ ८ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको थियो । तर ८ गतेसम्म पर्याप्त आवेदन नपरेपछि  क्यापिटलले म्याद थप गरेको हो  ।  क्यापिटलले  ढिलोमा माघ २१ गते सम्म बिक्री गरिने जनाएको भए पनि अब पर्याप्त आवेदन आएपछि बिक्रि बन्द हुने गरी म्याद थपिएको क्यापिटलले जनाएको छ। 

 एनआइसी एशिया क्यापिटल म्युचुअल फण्डको आकार एक अर्ब बराबरको छ । जसमध्ये १५ प्रतिशत कोष प्रवद्र्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरिएको छ ।

बाँकी रहेको आठ करोड ५० लाख इकाई विभिन्न संघसंस्था तथा व्यक्तिका लागि बिक्री खुला गरेको छ।

यो म्युचुअल फण्डमा सहभागी हुन चाहने संघसंस्था तथा व्यक्तिले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् । उक्त म्युचुअल फण्डले औसत वार्षिक न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने विश्वास दिलाएको छ । 

त्यस्तै सिटिजन बैंकको पूर्ण स्वामित्वमा रहेको सिबिआईएल क्यापिटलले निष्काशन गरेको 'सिटिजन म्युचुअल फन्ड १' को इकाईमा आवेदन दिने म्याद पनि थपिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved