बुटवल पावरको एफपिओबाट सि आश्वा अनिवार्य कार्यन्वयनमा आउने, १ हप्ता मै शेयर बाँडफांड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2018 | 10:43:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आश्वालाई प्रणालीलाई थप ब्यबस्थित, सर्वसुलभ र चुस्त बनाउन 'सी आश्वा' प्रणाली पूर्ण रुपमा लागु गरेको छ। सिडिएसले सार्वजनिक सूचना प्रकाशित गर्दे आजैका मितिबाट पूर्ण रुपमा सि आश्वा प्रणाली लागु गरिएको जनाएकाे छ । सिडिएससिले सम्पुर्ण बैंक तथा वित्तीय संस्था, निष्काशनकर्ता, निष्काशन तथा बिक्री प्रबन्धक, लगानीकर्ताहरु तथा सम्बन्धित  सरोकारवालाहरु सबैमा जानकारी गराएको हो ।


यो प्रणाली कार्यान्वयनमा आएसँगै अब घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रद शेयरमा आवेदन दिन सकिने भएको छ । यो प्रणालीले धितोपत्र बाँडफाँडको प्रक्रिया समेत छोटिने भएको छ । सिडिएसका प्रबक्ता सुरेश न्यौपानेका अनुसार यस प्रणाली पूर्ण रुपमा कार्यन्वयन भईसकेपछि धितोपत्रको सार्बजनिक निष्काशनको बन्द भएको भोली पटक नै धितोपत्र बाँडफाँड गर्न सकिन्छ । उनले भोलिपल्टै धितोपत्र बाँडफाँड गर्न सम्भव हुने भए पनि सिडिएसले कम्तिमा १ हप्ता भित्र  धितोपत्र बाँडफाँड गर्ने लक्ष्य लिएको बताए  ।

यो प्रणालीको प्रयोगले आवेदकको हितग्राही खाता आवेदन गर्नु पूर्व नै रुजु गरिने हुँदा कुनै पनि आवेदक हितग्राही खाता नमिलेको कारण बाँडफाँड प्रक्रियाबाट बञ्चित हुनु नपर्ने सिसडएसिले जनाएको छ । सि-आस्वामा एक पटक दर्ता भइसकेका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट खरिद आवेदन दिन सक्नेछन । त्यस्तै बैंक तथा वित्तीय संस्थामा प्राप्त भएका आवेदन सम्बन्धि विवरण बिक्री प्रबन्धकलाई सफ्टवेयर मार्फत सोझै प्राप्त हुने छ ।

हालसम्म सि-आस्वा प्रणालीमा २५ वटा बैंक तथा वित्तिय संस्थाहरु मात्र आवद्ध रहेका छन् ।  सिडिएसले सम्पूर्ण आश्वा सदस्यलाई सी आश्वा प्रणालीमा आउँ समेत अनुरोध गरेको छ ।त्यस्तै सिडिएसले लगानीकर्तालाई पनि आफ्नो बैंक खाता रहेको बैंक मार्फत सि आस्वामा दर्ताभई सि आस्वा रजिष्ट्रेशन नम्बर लिन आग्रह समेत गरेको छ ।

यहि माघ १५ गतेदेखि बुटवल पावर कम्पनीको एफपिओ निष्काशन गर्दै छ । उक्त निष्काशनमा अनिवार्य सी आश्वा प्रयोग हुने सिडिएसले जानकारी दिएको छ  । सी आश्वा केंद्रिकित प्रणाली भएको तर अनलाइनबाट नै शेयर भर्नु पर्ने बाध्यता भने नरहेको सिडिएसले स्पष्ट पारेको छ  । अर्थात् हाल जस्तै बैंकमा गएर फर्म भरेर नै लगानीकर्ताले शेयरमा आवेदन दिन सक्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved