नेप्से सूचक १४ सय बिन्दुभन्दा तल झर्दा यी हुन् सर्बाधिक कमाउने र गुमाउने ५ कम्पनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2018 | 01:17:52 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से घटेको छ  ।  आज नेप्से सूचक ९.०५ अंकले घटेर १४ सय भन्दा तल अर्थात् १३९३.०४ को बिन्दु र रोकिएको छ  ।  

आज कारोबारमा आएका १५५ कम्पनीका ८ लाख २८ हजार ७ सय ७ कित्ता शेयर खरिद बिक्रिबाट ३२ करोड २६ लाख ७३ हजार ३ सय ५८ रुपियाँको कारोबार भएको छ  ।  

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन्  ।  

आज सानिमा माई हाइड्रोको सर्बाधिक २ करोड ९२ लाखको कारोबार भएको छ  ।  अन्य बढी कारोबार हुनेमा युनिलिभर नेपाल, बुटवल पावर कम्पनी, ग्लोबल आईएमई बैंक संस्थापक शेयर लगायत रहेका छन्  ।  

आज फस्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ५.४२ प्रतिशत कमाएका छन्  ।  त्यस्तै वल्ड मर्चेन्ट  बैंकिंग एण्ड फाइनान्सका लगानीकर्ताले ५.०८ प्रतिशत तथा ग्लोबल आईएमई सम्मुनत स्किम १ लगानीकर्ताले २.४० प्रतिशत कमाएका छन्  । साथै सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य २.२४ प्रतिशत र अरुण भ्याली हाइड्रोको शेयर मूल्य २ प्रतिशतले बढेको छ  ।

आज कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले सर्बाधिक ५.३ प्रतिशत तथा एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ताले ५.२ प्रतिशत गुमाएका छन्  । त्यस्तै गुर्खाज फाइनान्सको शेयर मूल्य ४.८ प्रतिशत,  सिद्दार्थ इन्स्योरेन्सको शेयर मूल्य ३.९  प्रतिशतले तथा लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य ३.७ प्रतिशतले घटेको छ  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved