मन्जुश्री फाइनान्सले पायो हकप्रद निष्काशनको अनुमति, हेर्नुस कसरी पुग्नेछ ८० करोड पुंजी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2018 | 02:44:45 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्सले ५ प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फाइनान्सलाई  १०० बराबर ५ कित्ता शेयर अर्थात ५ प्रतिशतका दरले ३ करोड ६२ लाख रुपैयाँ बराबरको ३ लाख ६२ हजार १९० कित्ता शेयर बिक्रि गर्न अनुमति दिएको हो । 

फाइनान्सको गत असोज २५ मा बसेको बिशेष साधारणसभाले ५ प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। फाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एस क्यापिटल रहेको छ। 

हाल फाइनान्सको चुक्ता पुंजी ७२ करोड ४३ लाख छ। कम्पनीले  गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको  छ। ६ प्रतिशत बोनस सेयर र ५ प्रतिशत हकप्रद वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ८० करोड ४० लाख ६० हजार २०० पुग्नेछ।  फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६६ लाख १३ हजार खुद मुनाफा आर्जन गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved