हकप्रद निष्काशन प्रयोजनार्थ सिद्दार्थ बैंकको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2018 | 11:26:09 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशन प्रयोजनार्थ सिद्दार्थ बैंकले बुक क्लोज मिति तय गरेको छ । बैंकले १०:१ को अनुपातमा १० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २१ गतेसम्म कायम शेयरधनीले मात्र हक्प्रद्को लागि आवेदन दिन सक्ने छन् । 

अब सिद्दार्थ बैंकले  ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद जारी गर्ने छ ।  

बैंकको हाल चुक्ता पुंजी ६ अर्ब ८२ करोड रहेको छ  ।   बैंकले गत बर्षको मुनाफाबाट १४ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।  प्रस्तावित १४ प्रतिशत बोनस शेयर र  १० प्रतिशत  हकप्रद शेयर समेतबाट बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved