आउनेभयो ज्योति लाइफको ६६ करोडको आइपीओ, चुक्ता पुंजी २ अर्ब नाघ्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 24, 2018 | 01:46:57 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्सको पहिलो बार्षिक साधारणसभाले सर्वसाधारणमा साधारण सेयर जारि गर्ने प्रस्ताब पारित गरेको छ। इन्स्योरेन्सको रजिष्टर्ड कार्यालय पोखरामा सम्पन्न पहिलो साधारणसभाले सर्वसाधारणमा ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर जारि गरि चुक्ता पुंजी २ अर्ब २० करोड पुर्याउने प्रस्ताब पारित गरेको हो। 

कम्पनीको जारि पुंजी २ अर्ब २० करोड मध्ये संस्थापक शेयरधनीबाट हुन आउने चुक्ता पुंजी १ अर्ब ५४ करोड रहेकोमा कम्पनीले सर्वसाधारणका लागि ६६ करोडको साधारण शेयर जारि गर्न लागेको हो। 

साधारणसभाले संस्थापक समुह अन्तर्गत चार जनालाई निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने संचालकहरुमा पशुपती मुरारका, नन्द किशोर शर्मा, आकाश गोल्छा र शर्मिला श्रेष्ठ महर्जन छन। 

ज्योति लाइफले छोटो अवधिमा नै देशभर आफ्नो शाखा संख्या ४५ पुर्याएको छ। ज्योति लाइफले सातै प्रदेशका विभिन्न स्थानमा ४५ वटा शाखा÷उपशाखाबाट सेवा विस्तार गरि ६ वटा आकर्षक वीमा योजना जारी गरेको छ। कम्पनीले प्रतिष्ठित बैंकसंग बैंकासुरेन्स सेवा सम्झौता गरि जीवन बिमा सेवालाई सहजरुपले सर्वसाधारणमा पुर्याएको छ।

एनआइसी एसिया बैंकसहित संस्थागत तथा व्यक्तिगत गरी कम्पनीको प्रबद्र्धकमा ४२ सदस्य छन्। कम्पनीको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारका छन।    












Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved