ठुला संस्थाको भर पर्दा नेपाल बंगलादेश बैंकको भयो यस्तो हालत, उच्च जोखिममा बैंक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 25, 2018 | 09:39:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकको ब्याज खर्चका साथै संचालन खर्च, कर्मचारी खर्च तथा खराब कर्जा बढ्दा आम्दानीमा गिरावट आएको छ। गत आर्थिक बर्षको यस अवधिमा ५४ करोड ६ लाख कमाई गरेको एनबि बैंकले यस अवधिमा ४३ करोड ८० लाख मात्र खुद मुनाफा गरेको छ। 

गत बर्ष ८० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस सेयर बितरण गरि चुक्ता पुंजी ८ अर्ब पुर्याएको एनबि बैंकले खुद मुनाफामा प्रगति गर्न नसक्दा प्रति सेयर आम्दानीको सन्तुलन समेत बिग्रिएको छ। गत बर्षको यस अवधिमा २६ रुपैयाँको इपिएस घटेर १० रुपैयाँमा सिमित भएको छ। 

बैंकले निक्षेप संकलन भन्दा कर्जा प्रवाहमा केन्द्रित हुँदा खराब कर्जा समेत बढेको छ। यस अधिमा बैकले ४१ अर्ब ८९ करोड निक्षेप संकलन गरि  ४१ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ। बैंकले निक्षेप संकलनकै हाराहारीमा कर्जा प्रवाह गर्दा उसको सिसिडी रेसियोको क्याप नै भत्किएको देखिको छ। राष्ट्र बैंकका अनुसार सिसिड़ी रेसियोको अनुपात ८० प्रतिशत हुनुपर्छ तर ८ अर्ब चुक्ता पुंजी र २ अर्ब ७९ करोड जगेडा कोष हुँदा बैंकको सिसिड़ी रेसियो अनुपात ८० प्रतिशत माथि देखिन्छ जसले बैंक उच्च जोखिममा रहेको देखिन्छ।

बैंकको खराब कर्जा समेत १ प्रतिशतबाट बढेर १.४७ प्रतिशतमा उक्लिएको छ।खराब कर्जा बढ्दा प्रोभिजनमा २० करोड छुट्याउनु पर्दा बैंकको कमाई खुम्चिन पुगेको छ भने कर्जा असुलीमा कमि आउँदा नाफा झनै प्रभावित बनेको हो। 

संस्थागत निक्षेपको भरमा पर्दा बैंक सबै बढी मर्कामा परेको छ। संस्थागत निक्षेप बढी भएको बैंक मध्येको एक मानिएको एनबी बैंकले खुद्रा निक्षेप तर्फ ध्यान नदिंदा उसको ब्याज खर्च बढेको छ। लगानीयोग्य रकमको अभाब भएसंगै पछिल्लो पटक टेलिकम, एनसेल जस्ता ठुला संस्थाको पैसा तान्न ब्याज बढाउँन बाध्य हुँदा एनबि बैंकको समेत ब्याज खर्च बढेको छ। जस कारण खुद मुनाफा नै प्रभावित भएको छ। कर्जा निक्षेप अनुपात (सिसिडी रेसियो) ७९.१३ प्रतिशत पुगेको अवस्थामा बैंकले   निक्षेप संकलन नगरी कर्जा विस्तार गर्न सक्ने अवस्थामा छैन। 

महँगो दरमा संस्थागत निक्षेप संकलन गर्ने मध्येको एक बाणिज्य बैंकको रुपमा परिचित एनबी बैंकको पुंजीकोष लागत नै ४.४४ प्रतिशतबाट बढेर ७.९२ प्रतिशतमा उक्लिएको छ। उसको यो अवस्थालाई आंकलन गर्दा आगामी दिनमा नाफा प्रभावित हुने देखिन्छ।   

चुक्ता पुंजी ४ अर्ब बाट ८ अर्ब पुर्याउन हकप्रदको सहारा लिएको बैंकले त्यहि अनुसार कारोबार बिस्तार गर्न नसक्दा संचालन मुनाफा पनि ६३ करोडमा सिमित भएको छ। संचालन आम्दानी गत बर्षको तुलनमा १४ प्रतिशतले कम हो। 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved