सूचक बढेर १४ सय बिन्दु पार गर्दा यी हुन् सर्बाधिक कमाउने र गुमाउने ५ कम्पनीहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2018 | 01:19:25 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहिबार बजार परिसूचक नेप्से बढेको छ  । आज नेप्से सूचक ९.८० अंकले बढेर १४ सय बिन्दु भन्दा माथि उक्लदै १४०४.५३ को उचाईमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १५९ कम्पनीका ६ लाख ६२ हजार १ सय ६९ कित्ता शेयर खरिद बिक्रिबाट २८ करोड २२ लाख ४१ हजार ५ सय ५२ रुपियाँको कारोबार भएको छ  । 

आज कारोबारमा आएका विकास बैंक र अन्य बाहेक सबै समुहगत सूचक बढेका छन्  । आज सानिमा माई हाइड्रोको १ करोड ८१ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, फरवार्ड माइक्रोफाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स , नबिल बैंक लगायत रहेका छन्  । 

आज बिशाल बजार कम्पनीका लगानीकर्ताले सर्बाधिक ५.१९ प्रतिशत तथा बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले ४.१७ प्रतिशत कमाएका छन्  । त्यस्तै आज हिमालयन डिस्टिलरीको शेयर मूल्य ३.९७ प्रतिशत, नेको इन्स्योरेन्सको ३.७७ र श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको शेयर मूल्य ३.४५ प्रतिशतले बढेको छ। 

आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सर्बाधिक ३.२ प्रतिशत तथा सिनर्जी पावरका लगानीकर्ताले २.४ प्रतिशत गुमाएका छन्  । त्यस्तै आज दिब्यस्वरी हाइड्रोको शेयर मूल्य २ प्रतिशत , ज्योति विकस बैंकको १.८७ प्रतिशत र नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य १.८१ प्रतिशत मूल्य घटेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved