सूर्योदय लघुवित्तले पायो ७० प्रतिशत हकप्रद निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2018 | 02:49:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्योदय लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्काशनको अनुमति पाएको छ  । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:०.७० को अनुपातमा ७० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो । अब कम्पनीले २ करोड ८० लाखको २ लाख ८० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  । 

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट १९ प्रतिशत बोनस घोषणा गरेको छ  ।  बोनस र हकप्रदपछि कम्पनीको  चुक्ता पुंजी  ७ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

 लघुवित्तले गत आर्थिक बर्ष २ करोड ३७ लाख रुपैया खुद मुनाफा आर्जन गरेको थियो। स्याङजा सदरमुकाममा प्रधान कार्यालय रहेको लघुवित्तले १० जिल्लामा ३० शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दे आईरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved