सिभिल बैंकको हकप्रद भर्नु भयो ? आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2018 | 07:17:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकको हकप्रद भर्ने आज माघ १२ गते अन्तिम दिन रहेको छ । बैंकले मङ्सिर २२ गतेदेखि  १० बराबर ४ अर्थात ४० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको हो। बैंकले पहिले पुष २७ सम्मका लागि हकप्रद भर्न पाउने म्यादलाई थप दिन थप गरि माघ १२ सम्म भर्न मिल्ने बनाएको थियो ।  जस अनुसार आज हकप्रद भर्ने अन्तिम दिन रहेको छ ।  

बैंकले ४० प्रतिशत हकप्रदका लागि बैंकले मङ्सिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेकाले मङ्सिर ४ सम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। 

 बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल, सिभिल बैंकका सम्पूर्ण शाखा कार्यालयहरु, सिभिल क्यापिटल तथा आश्वा सदस्य रहेको जुनसुकै बैंकबाट हकप्रद भर्न सकिने लक्ष्मी क्यापिटलले जनाएको छ।     

बैंकले २ अर्ब ७ करोड रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार ८८.६७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो।  ४० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्नेछ।   

त्यसपश्चात बैंकले १० दशमलब ३४ प्रतिशतले पुंजी वृद्धि गर्दा समेत उसको चुक्ता पुंजी ८ अर्ब पुग्नेछ। बैंकले गत आर्थिक बर्ष ३३ करोड ८१ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। त्यस्तै चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ११ करोड ३३ लाख खुद मुनाफा गरेको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved