रिलायन्स फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन, उपत्यका बाहिर र भित्र कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2018 | 07:22:57 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्स लिमिटेडको हकप्रद भर्ने आज माघ १२ गते अन्तिम दिन रहेको छ ।   कम्पनीले  मङ्सिर २२ गतेदेखि  ४५ प्रतिशत हकप्रद निष्काशन गरेको हो ।   यस अघि कम्पनीले पुस २७ गतेसम्म हकप्रद भर्न सकिने जनाएकोमा  म्याद थप गरी माघ १२ गते सम्म हकप्रद भर्न सकिने जनाएको थियो  ।  थपिएको म्याद आज सकिदै छ  ।   

  फाइनान्सले २३ करोड ६ लाख बराबरको सय रुपियाँ अंकित २३ लाख ६ हजार ५ सय ७१ दशमलव ६० कित्ता हकप्रद बिक्रि गरिरहेको हो   । हकप्रद निष्काशनको लागि सनराइज क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ  । 

  हकप्रद प्रयोजनको लागि कम्पनीले मङ्सिर ८ गते बुक क्लोज तय गरेकाले मङ्सिर ७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । 

लगानीकर्ताले उपत्यका भित्र  सनराइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी र रिलायन्स फाइनान्सको शाखा कार्यालयहरु बाट आवेदन दिन सक्ने छन्  । उपत्यका बाहिर भने रिलायन्स फाइनान्सका शाखाहरु महेन्द्र पुल पोखरा, नारायणगढ चितवन, बेशीशहर लमजुंग, जनागाल बनेपा काभ्रे, आरुघाट पोखरा र चारआली झापाबाट आवेदन दिन सकने छन्  ।  त्यस्तै सनराइज बैंकका शाखाहरु विराटनगर, बिरगंज, बुटवल, धरान , नेपालगन्ज, लहान, दमक र राजविराजबाट पनि आवेदन दिन सक्ने छन्  । 

हाल कम्पनीको चुक्ता पुंजी ५१ करोड २५ लाख रहेकोमा ४५ प्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पुंजी ७४ करोड ३२ लाख पुग्ने छ  ।  कम्पनीले गत आर्थिक बर्ष २ करोड ५० लाख खुद नाफा कमाएको थियो  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved