सिद्दार्थ बैंकले फागुन २ गतेदेखि हकप्रद बिक्रि गर्ने, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2018 | 07:46:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले फागुन २ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले १०:१ को अनुपातमा १० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । अब सिद्दार्थ बैंकले  ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद जारी गर्ने छ ।  


 हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २१ गतेसम्म कायम शेयरधनीले मात्र हक्प्रद्को लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले चैत ६ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।

लगानीकर्ताले सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल तथा आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरका लागि आवेदन गर्न सक्ने छन्।

बैंकको हाल चुक्ता पुंजी ६ अर्ब ८२ करोड रहेको छ  ।   बैंकले गत बर्षको मुनाफाबाट १४ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।  प्रस्तावित १४ प्रतिशत बोनस शेयर र  १० प्रतिशत  हकप्रद शेयर समेतबाट बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved