प्रगति विवरणमा 'उस्तै' देखिएको एभरेष्ट र ग्लोबल आइएमई बैंक मध्ये कुनमा लगानी बढी फाइदाजनक ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 27, 2018 | 05:08:13 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई र एभरेष्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन। सामान्य प्रगति गरेको वित्तीय विवरण प्रस्तुत गरेका यी दुई बैक मध्ये ग्लोबल आइएमई बैंकले कारोबार भोलुम लगायतका सूचकमा एभरेष्टलाई उछिनेको छ।

यस अवधिमा एभरेष्टले १७ प्रतिशतले खुद मुनाफा बढाएर १ अर्ब १४ करोड पुर्याएको छ भने ग्लोबल आइएमईले ५ प्रतिशतले खुद मुनाफा ९५ करोड २९ लाख पुर्याएको छ। 

गत आर्थिक बर्षको कमाईबाट ३३ प्रतिशत बोनस सेयर वितरण गरि चुक्ता पुंजी ८ अर्ब पुर्याएको एभरेष्टको प्रति सेयर आम्दानी २८ रुपैयाँ ४१ पैसा हुँदा ग्लोबल आइएमईको इपिएस २१ रुपैयाँ ४४ पैसा पुगेको छ। 

एभरेष्टको तुलनामा निक्षेप संकलन तथा कर्जा प्रवाहमा ग्लोबल आइएमईले उल्लेख्य प्रगति गरेको छ। यस अवधिमा एभरेष्टले १ खर्ब ३ अर्ब निक्षेप संकलन गरि ८४ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ भने ग्लोबल आइएमईले १ खर्ब निक्षेप संकलन गरि ८८ अर्ब ४ करोड कर्जा प्रवाह गरेको छ।  

कारोबार बिस्तारमा आक्रामक देखिएको ग्लोबल आइएमईले निष्कृय कर्जामा सन्तुलन कायम गरेको छ भने एभरेष्टको खराब कर्जा अनुपात नगन्य रुपमा बढेको छ। यस अवधिमा ग्लोबलको खराब कर्जा अनुपात १.६१ प्रतिशतबाट कुनै उतार चढाब नभई १.६१ प्रतिशतमा नै रहेको छ भने एभरेष्टको निष्कृय कर्जा ०.७ प्रतिशतबाट घटेर ०.२५ प्रतिशतमा झरेको छ।  

एभरेष्टको खुद ब्याज आम्दानी १८ प्रतिशतले बढ्दा ग्लोबल आइएमईको खुद ब्याज आम्दानी ३ प्रतिशतले मात्र बढेको छ। यस अवधीमा एभरेष्टको जगेडा कोषमा ५ अर्ब १९ करोड छ भने ग्लोबल आइएमई बैंकको जगेडा कोषमा ३ अर्ब ३६ करोड छ। 

एभरेष्ट भन्दा १३ बर्षले कान्छो ग्लोबल आइएमई बैंकले सुधारिएको प्रगती गर्दै एभरेष्टसंगको प्रतिस्पर्धामा उत्रिएको छ। कारोबार बिस्तारमा प्रतिस्पर्धा देखिएको ग्लोबल आइएमईको सेयर दोस्रो बजारमा प्रती कित्ता ३१४ रुपैयाँमा कारोबार भईरहेको छ भने एभरेष्टको सेयर प्रति कित्ता ८६७ रुपैयाँमा कारोबार हुँदैछ।   

यस अवधिमा एभरेष्टको कर्जा निक्षेप अनुपात ७५ प्रतिशत छ भने ग्लोबल अईएमईको ७७ प्रतिशत माथि छ। सिसिड़ी अनुपातलाई हेर्दा ग्लोबलले भन्दा एभरेष्ट बढी कर्जा प्रवाह गर्न सक्ने देखिन्छ। त्यसमा पनि ग्लोबलको आधार ब्याज दर १०.३१ प्रतिशत र एभरेष्ट ७.७४ प्रतिशत छ। अर्थात एभरेष्टले ग्लोबलले भन्दा सस्तो दरमा कर्जा प्रवाह गर्न सक्ने देखिन्छ। 

त्यस्तै मुल्य आम्दानीको अनुपातलाई हेर्दा एभरेष्ट भन्दा ग्लोबलको सेयरमा लगानी कम जोखिम पूर्ण देखिन्छ। यी दुई बैंक मध्ये आगामी दिनमा ग्लोबलले राम्रो अंकको बोनस सेयर दिन सक्ने विश्लेषण गरिएको छ। ब्राण्डमा उत्कृष्ट ३ मा पर्ने एभरेष्टको सेयर महँगोमा किन्ने कि प्रतिफल र कम जोखिमका आधारमा ग्लोबलको सेयर किन्ने यसको निर्णय स्वयं लगानीकर्ताले नै गर्नुपर्ने हुन्छ।     



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved