कालिका पावरले माघ २१ गतेदेखि आयोजना प्रभावितका लागि आईपिओ जारि गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2018 | 10:21:45 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका पावरले आयोजना प्रभावित स्थानीयहरुमा माघ २१ गतेदेखि साधारण शेयर निष्काशन गर्ने भएको छ । गोरखामा आयोजनास्थल रहेको कालिका पावर कम्पनीले स्थानीय बासिन्दाको लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो। 

नेपाल धितोपत्र बोर्डले पुष २१ गते कालिका पावरलाई ६ लाख कित्ता आइपिओं जारी गर्ने अनुमति दिएको थियो ।  स्थानीयले छिटोमा फागुन ६ गतेसम्म र ढिलो फागुन २१` गतेसम्म आईपिओ भर्न सक्ने छन् ।    

गोरखाको तत्कालिन गाविस तथा नगरपालिकाहरु मुल्चोक गाविस, सौरपानि गाबिस, ताकुमाझ लाकुरी भन्ज्यांग गाबिस, मसेल गाविस, श्रीनाथकोट गाबिस, ताप्ले गाबिस, नारेश्वर गाबिस तथा गोरखा नपाका वडा नम्बर ४,५ र १३ का स्थानीयले आईपिओ भर्न सक्ने छन् । लगानीकर्ताले ३ बर्षसम्म शेयर बेच्न पाउने छैनन्  ।

कम्पनीले साधारण शेयर निष्कासनका लागि काठमाण्डू क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

गोरखाको दरौदी खोलामा कम्पनीले ६ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । स्थानीयवासीलाई साधारण शेयर दिएपछि कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved