उत्कृष्ट विवरण सार्बजनिक गरेको एनएमबी बैंकका लगानीकर्ताले धेरै कमाए, टर्नओभर ३५ करोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2018 | 01:41:11 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ   । आज नेप्से सूचक १.४२ अंकले बढेर १४०५.९५ को उचाईमा पुगेर रोकिएको छ   । आज कारोबारमा आएका १५८ कम्पनीका ८ लाख ५१ हजार ३ सय ३५ कित्ता शेयर खरिद बिक्रिबाट ३५ करोड ४७ लाख २१ हजार ७ सय ४८ रुपियाँको कारोबार भएको छ   ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये विकास बैंक र बैंकिंग समूह बाहेकका सबै सूचक घटेका छन्  । 

आज सानिमा माइ हाइड्रोको सर्बाधिक २ करोड ६८ लाखको कारोबार भएको छ   । अन्य बढी कारोबार हुनेमा कृषि विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, हिमालयन पावर पार्टनर, एनएमबि बैंक लगायत रहेका छन्   । 

आज एनएमबि बैंकका लगानीकर्ताले सर्बाधिक ३.५८ प्रतिशत कमाएका छन् । बैंकले आज मात्र दोस्रो त्रैमासको उत्कृष्ट वित्तीय विवरण सार्बजनिक गरेको थियो  ।  अन्य बढी कमाउनेमा वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, लक्ष्मी बैंक, नेको इन्स्योरेन्स, निर्धन उत्थान बैंक लगायत रहेका छन्   । 

आज सिन्धु विकास बैंकका लगानीकर्ताले सर्बाधिक ६.२ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा बिशाल बजार कम्पनी, मल्टिपर्पोज फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स लगायत रहेका छन् । 

यो पनि : 

एनएमबि बैंक पहिलो ६ महिनामा नै अर्बपति क्लबमा,यस्ता छन मुनाफा बढ्नुको प्रमुख २ कारण

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved