जनता बैंक अघि बढ्दै, खुद मुनाफा ६८% ले वृद्धि हुँदा जगेडा कोषमा देखियो यस्तो चमक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 28, 2018 | 05:59:33 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सुधारिएको प्रगति विवरण सार्वजनिक गरेको छ। तत्कालिन त्रिबेणी विकास बैंकसंगको मर्जर र सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात अधिकांश सूचक सकारात्मक देखिंदा जनताको प्रगति सुधारिएको अवस्थामा पुगेको हो। 

जनता बैंकले पहिलो ६ महिनामा २७ करोड १७ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले १६ करोड १३ लाख खुद मुनाफा गरेको थियो। 

ब्याज आम्दानी बढेपनि ब्याज खर्च बढ्दा जनता बैंकको पनि खुद ब्याज आम्दानीमा सामान्य प्रगति देखिएको हो। यस अवधिमा बैंकले ९७ करोड २८ लाख खुद ब्याज आम्दानी गरेको छ। तर बैंकको कर्मचारी खर्च, शाखा विस्तार तथा अन्य सञ्चालन खर्च वृद्धि हुँदा कमाईमा अपेक्षेकृत वृद्धि नदेखिएको हो।  

बैंकले १९ करोड राइट ब्याक गर्दा सम्भावित जोखिमका लागि ४१ करोड २२ लाख ३७ हजार छुट्याएको छ। जस कारण बैंकको खुद मुनाफा मात्र ११ करोडले मात्र बढेको हो।  

दुई बलिया बिकास बैंकलाई साथमा लिएर अगाडी बढेको जनता बैंकले कारोबार बिस्तारमा प्रगति हासिल गर्न नसक्दा सम्पूर्ण सूचक राम्रा हुँदा पनि कमाईमा उल्लेख्य प्रगति गर्न नसकेको अवस्था देखिएको छ। 

यस अवधिमा बैंकले ५२ अर्ब ८० करोड निक्षेप संकलन गरि ४८ अर्ब ६९ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले २५ अर्ब ५६ करोड निक्षेप संकलन गरि २२ अर्ब ९७ करोड कर्जा प्रवाह गरेको थियो।    

दुई अर्ब ३० करोडबाट चुक्ता पुंजी वृद्धि गरि ८ अर्ब चुक्ता पुंजी पुर्याएको बैंकले सोहि अनुसार खुद मुनाफा वृद्धि गर्न नसक्दा प्रति सेयर आम्दानी समेत १४ रुपैयाँबाट ७ रुपैयाँमा ओर्लिएको छ। यस अवधिमा बैंकको जगेडा कोष रकम २२१ प्रतिशतले बढेर १ अर्ब ६ करोड पुगेको छ।  

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७८।१४ प्रतिशत पुगेको छ। बैंक केहि कर्जा थप प्रवाह गर्न सक्ने अवस्थामा देखिन्छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात २।५७ प्रतिशतबाट बढेर २।६५ प्रतिशतमा पुगेको छ। 

त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ३३ पैसा, कर्जा निक्षेप अनुपात ७८.१४ प्रतिशत, र पूँजीकोष अनुपात १६.८७ प्रतिशत रहेको छ। बैंकको कोष लागत बढेर ४.५७ बाट ७.८३ प्रतिशतमा पुगेको छ ।    





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved