प्राइम बैंकको अधिकांश सूचक सकारात्मक हुँदा देखियो यस्तो प्रगति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 30, 2018 | 08:03:11 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सुधारिएको प्रगति विवरण प्रस्तुत गरेको छ। बैंकको अधिकांश सूचक सकारात्मक हुँदा बैंकले ७१ करोड ५१ लाख खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैकले ५५ करोड ९७ लाख खुद मुनाफा आर्जन गरेको थियो। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ४ अर्ब ९४ करोडबाट बढेर ८ अर्ब नाघेको छ। पुंजी वृद्धि अनुपातमा बैकको खुद मुनाफामा वृद्धि नहुँदा प्रति सेयर आम्दानी २२ रुपैयाँबाट घटेर १७ रुपैयाँमा झरेको छ।

यस अवधिमा बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाहमा क्रमश: २९ र ३५ प्रतिशतले वृद्धि हुँदा खराब कर्जा अनुपात नगन्ने मात्राले बढेको छ। यस अवधिमा बैंकले ७१ अर्ब निक्षेप संकलन गरि ६२ अर्ब कर्जा प्रवाह गरेको छ। बैंकको सिसिड़ी रेसियो ७७.५० प्रतिशत पुगेकाले बैंक थप कर्जा प्रवाह गर्न अवस्थामा छ। 

त्यस्तै बैंकको कोषको लागत करिब दोब्बरले बढेर ८.१६ प्रतिशत पुगेको छ भने आधार ब्याजदर १०.७६ प्रतिशत छ । बैंकको आम्दानी र खर्च दुवै बढ्दा खुद मुनाफा प्रभावित बनेको छ। त्यस्तै बैंकले १३ करोड राइट ब्याक गर्दा २६ करोड ८३ लाख सम्भावित जोखिमका लागि छुट्याएको छ। यसले पनि बैकको खुद मुनाफामा केहि गिरावट आएको हो। 

यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैंया ३५ पैसा छ भने तरलता अनुपात २३.४६ प्रतिशत छ । मूल्य आम्दानी अनुपात १७.०८ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved