सरकारी स्वामित्वका ३ बाणिज्य बैक अर्बपति क्लबमा, राष्ट्रिय बाणिज्य बैंकले बनायो ऐतिहासिक 'रेकर्ड'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 30, 2018 | 09:58:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वका तीनै बाणिज्य बैकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा अर्ब क्लबमा प्रवेश गरेका छन। सरकारी स्वामित्वका राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले पहिलो ६ महिनामा अर्ब बढी कमाई गर्दै अरबपति कलबमा प्रवेश गरेका हुन। 

राष्ट्रिय बाणिज्य बैंक 

राष्ट्रिय बाणिज्य बैंकले पहिलो ६ महिनामा करिब ४७ प्रतिशतले खुद मुनाफा बढाएको छ। गत आर्थिक बर्षको यस अवधीमा १ अर्ब २१ करोड खुद मुनाफा गरेको बैंकले यस अवधिमा १ अर्ब ७८ करोड खुद मुनाफा आर्जन गरेको छ। 

यस अवधिमा राष्ट्रीय बाणिज्य बैंकले बाणिज्य बैंकहरु मध्ये कै सबै भन्दा बढी निक्षेप संकलन गरेको छ। राष्ट्रिय बाणिज्य बैंकले यस अवधिमा १ खर्ब ४९ अर्ब निक्षेप संकलन गरि १ खर्ब १० अर्ब कर्जा प्रवाह गरेको छ। 

यस अवधिमा राष्ट्रिय बाणिज्य बैंकको अधिकांश सूचक सकारात्मक देखिएका छन। बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफामा सुधार हुँदा समग्रमा खुद मुनाफा बढेको हो। 

अन्य बाणिज्य बैंकहरुलाई चुक्ता पुंजी वृद्धि अनुपातमा कमाई बढाउन नसक्दा प्रति सेयर आम्दानीमा सन्तुलन कायम राख्न हम्मे हम्मे परेको अवस्थामा राष्ट्रिय बाणिज्य बैंक भने सहज अवस्थामा छ। 

यस अवधिमा राष्ट्रिय बैंकको चुक्ता पुंजी ८ अर्ब ५८ करोड छ भने जगेडा कोष रकम ३ अर्ब ६७ करोड छ। त्यस्तै बैंकको प्रति सेयर आम्दानी ४१ रुपैयाँ ५९ पैसा, प्रति सेयर नेटवर्थ १४२ रुपैयाँ ८३ पैसा छ।

कृषि विकास बैंक 

यस अवधिका कृषि विकास बैंकको खुद मुनाफामा सामान्य सुधार देखिएको छ। बैंकको खुद मुनाफा १३।५१ प्रतिशतले बढेर १ अर्ब २ करोड पुगेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ९० करोड ६६ लाख खुद मुनाफा आर्जन गरेको थियो।यस अवधिमा बैंकले ९८ अर्ब १७ करोड निक्षेप संकलन गरि ९२ अर्ब १२ करोड कर्जा प्रवाह गरेको छ। बैंकको खराब कर्जा ३ ।९५ प्रतिशत पुगेको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ५० करोड छ भने जगेडा कोष रकम ८ अर्ब ९२ करोड छ। त्यस्तै बैंकको प्रति सेयर आम्दानी २४ रुपैयाँ २० पैसा, प्रति सेयर नेटवर्थ २०४ रुपैयाँ ८९ पैसा र मुल्य आम्दानीको अनुपात २०।६२ रुपैयाँ छ। 

नेपाल बैंक

गत बर्ष सेयर तथा सम्पत्ती बिक्री गरेर उच्च नाफा देखाएकोे नेपाल बैंकको खुद मुनाफामा गिरावट आएको छ। गत आर्थिक बर्षको यस अवधिमा १ अर्ब ८९ करोड खुद मुनाफा गरेको नेपाल बैंकले यस अवधिमा १ अर्ब ६३ करोड खुद मुनाफा आर्जन गरेको छ। 

शुल्क तथा कमिशन, संचालन र कर्मचारी खर्च बढेपनि बैंकको संचालन मुनाफा सकारात्मक देखिएको छ। गत बर्ष झैँ यस पटक बैंकको गैर संचालन आम्दानी नभएकाले खुद मुनाफामा सामान्य गिरावट देखिएको हो। 

यस अवधिमा बैंकले ९१ अर्ब ८९ करोड निक्षेप संकलन गरि ७८ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च धेरै कम हुँदा बैंकले २ अर्ब ९४ करोड खुद ब्याज आम्दानी गरेको छ।

बैंकको कोषको लागत जम्मा २.९४ प्रतिशत छ भने आधार ब्याजदर ६.९३ प्रतिशत छ । नेपाल बैंकको सिसिडि रेसियो ७५.३० प्रतिशत भएकाले अन्य बैंकको तुलनामा कर्जा प्रवाहमा सहज अवस्थामा छ। बैंकले २३ करोड खराब कर्जा उठाउँदा २३ करोड नै सम्भावित जोखिमका लागि छुट्याएको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ८ आर ४ करोड छ भने जगेडा कोष रकम ५ अर्ब ४ करोड छ। त्यस्तै बैंकको निष्क्रिय कर्जा ३।२३ प्रतिशत छ भने प्रति सेयर आम्दानी ४० रुपैयाँ ७४ पैसा, प्रति सेयर नेटवर्थ १६२ रुपैयाँ ७६ पैसा र मुल्य आम्दानीको अनुपात ८।६४ गुणा छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved