एनएलजी इन्स्योरेन्सको २५ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2018 | 08:49:59 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्सको बोनस सुरक्षित गर्ने आज माघ १७ गते अन्तिम दिन रहेको छ । कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले लगानीकर्ताकर्तालाई २५ प्रतिशत बोनस र १.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन ३ गते साधारणसभा डाकेको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले माघी १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । आज माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र बोनस प्राप्त गर्न सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुंजी ५१ करोड २३ लाख रहेको छ । प्रस्तावित बोनस पछि कम्पनीको चुक्ता पुंजी ६४ करोड ६ लाख पुग्ने छ । बिमा समितिले तोके अनुसारको १ अर्ब चुक्ता पुंजी पुर्याउन कम्पनीले थप ३५ करोड पुंजी थप गर्नु पर्ने छ । 

कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५ करोड २५ लाख नाफा कमाएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved