बुटवल पावरको एफपीओ निष्काशन नियम संगत छ, बिरोध गर्नुको अर्थ छैन: धितोपत्र बोर्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 31, 2018 | 12:05:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनीले बिक्रि खुला गरेको थप नयाँ साधारण (एफपीओ) नियम बिपरित निष्काशन भएको आरोप लागेको छ। यसै सन्दर्भमा सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर फोरमले विज्ञप्ती जारी गरि धितोपत्र बोर्डले नियम बिपरित एफपीओ बिक्रिको अनुमति दिएको आरोप समेत लगाएको छ।  

बुटवल पावर कम्पनीको एफपीओमा उठेका बिरोधका आवाजहरु बलियो हुँदै गर्दा एफपीओमा लगानी गर्न चाहने लगानीकर्ताहरु समेत अन्यौलमा परेका छन। कम्पनीले यसै साता अर्थात माघ १५ देखि एफपीओ बिक्रि खुला गरेसंगै विभिन्न कारण देखाएर बिरोध गरिएको हो। बिशेष गरि कम्पनीले सर्वसाधारणमा आइपीओं जारि नगरी एफपीओ बिक्रि गरेको आरोप लगाईएको छ। 

के नियमन निकाय नेपाल धितोपत्र बोर्डले नियम बिपरित महँगो मुल्यमा एफपीओ बिक्रि गर्ने अनुमति दिएको हो ? यससम्बन्धमा आफ्नो आधिकारिक धारणा सुनाउदै बोर्डका प्रवक्ता निरज गिरी भने, 'बुटवल पावर कम्पनीलाई नियम बिपरित एफपीओ निष्काशनको अनुमति दिइयो भन्ने आरोप सरासर गलत हो, सर्वसाधारणमा आइपीओ जारि नै नगरेको कम्पनीको सेयर नेप्सेमा सुचिकृत भएर कारोबार त हुँदैन।'

बुटवल पावरले सरकारी स्वामित्वको सेयरको केहि हिस्सा सर्वसाधारणलाई बिक्रि गरिसकेकाले एफपीओं बिक्रिको अनुमति दिइएको हो, प्रवक्ता गिरिले भने। 'नियमअनुसार नै बुटवल पावरलाई एफपिओ निष्कासन अनुमति दिएका छौं' उनले भने, 'नियम संगत भएन भनेर बिरोध गरिएको छ, नियम अनुसार नै काम भएकाले यसमा बिरोध गर्नुको अर्थ छैन।' 

महँगोमा एफपीओ बिक्रि गर्ने अनुमति दिइएको आरोपको खण्डन गर्दै प्रवक्ता गिरि भन्छन, 'एफपीओको मुल्य महँगो भयो भन्नु नै गलत हो, एफपीओको मुल्य यति राख उति राख भन्ने काम बोर्डको होइन, जुन कम्पनीले एफपीओ निष्काशन गर्नका लागि आवश्यक प्रक्रिया पुर्याउछ र तोकिएका ४ मापदण्ड पुरा गर्छ उसले एफपीओ निष्काशनको अनुमति पाउँछ, मुल्यमा विवादको कुरै छैन' 

बुटवल पावरले सरकारी स्वामित्वमा रहेको सेयरको १२ प्रतिशत सेयर सर्वसाधारणमा बिक्रि गरिसकेको छ। 'नेपाल टेलिकमले सरकारी स्वामित्वको सेयर पब्लिकलाई बेचे झैँ बुटवल पावरले पनि बेचेको हो, बुटवल पावरले आइपीओ बिक्रि गरेन, त्यो पब्लिक सेयर होइन भन्ने हो भने नेप्सेमा सुचिकृत भएर कारोबार हुँदै आएको टेलिकमको सेयर पब्लिक सेयर होइन भन्नु पर्यो' अधिवक्ता ज्योति दाहालले बिजपाटिलाई भने।

'कम्पनीले एफपीओबाट उठाएको पैसा ऋण तिर्न प्रयोग गर्छ भनिएको छ त्यस्तो होइन' अधिवक्ता दाहाल भन्छन, 'एफपीओ बिक्रि गरि प्राप्त भएको ४० करोड ८१ लाख पुंजीमा गणना हुन्छ, यो पुंजीगत खर्चमा प्रयोग हुन्छ, बाँकी प्रिमियमको पैसा रिजर्भमा जान्छ, त्यसलाई पछि पुंजीकृत गरि कम्पनीले अर्को कुनै शिर्षकमा खर्च गर्छ, एफपीओ बेचेर ऋण तिर्ने छुट कम्पनीलाई छैन र कम्पनीले त्यस्तो गर्छ भन्ने पनि लाग्दैन।'

कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा माघ १५ देखि छिटोमा माघ १९ र ढिलोमा फागुन १५ सम्म आबेदन दिन मिल्ने गरि ४०१ रुपैयाँ  प्रिमियम थप गरि प्रति कित्ता ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन बिक्रि खुला गरेको हो। 

कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। इच्छुकले आजदेखि न्युनतम १० कित्ता अर्थात ५ हजार १ सय रुपैयाँ बराबरको र अधिकतम २० हजार ४०० अर्थात १ करोड २ लाख २० हजार ४०० रुपैयाँको आबेदन दिन सक्नेछन।   

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी,लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगरबाट आबेदन फारम प्राप्त गरि आबेदन दिन सक्नेछन। साथै आफ्नो खाता रहेको आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट समेत अनलाइन मार्फत आबेदन दिन सक्नेछन। 

एफपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २१ करोड नाघ्नेछ। हाल कम्पनीको चुक्ता पुंजी डेढ अर्ब रहेको छ। कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख खुद मुनाफा गरेको छ।      

त्यस्तै कम्पनीले एफपीओ निष्काशनका लागि इक्रा नेपालबाट ग्रेड ३ पाएको छ। ग्रेड ३ पाउनुले एफपीओ बिक्रि खुला गरेको बुटवल पावरको   वित्तीय अवस्था औषत भएको देखाउंछ। 




   


 


 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved