प्रिमियर इन्स्योरेन्सको एफपिओ केहीबेरमा बाँडफाँड हुदै, भाग्यमानी ६५ हजार ९ सयले मात्र पाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2018 | 05:52:13 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रि खुला गरेको फर्दर पब्लिक अफरिंग (एफपीओ) अहिले केहि बेरपछि बाँडफाँड हुदैछ ।   सम्पूर्ण प्रक्रिया पुरा भएकाले आज बिहिबार  ९ बजे प्रिमियर इन्स्योरेन्सको मुख्य कार्यालय नक्सालमा एफपिओ बांडफांड गरिने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ। 

'नेपाल धितोपत्र बोर्डलाई १८ गते बांडफांड हुने जानकारी पठाईसकेका छौं' एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बिजपाटिलाई भने 'आज फर्स्ट आवरसम्म नतिजा सार्वजनिक हुनेछ।'  

प्रिमियर इन्स्योरेन्सले पुस १६ गतेदेखि पुस १९ गतेसम्म बिक्रि खुला गरेको ६ लाख ५९ हजार कित्ता एफपीओमा १ लाख ८३ हजार आवेदकबाट ३ अर्ब २२ करोडको आवेदन परेको थियो । भाग्यमानी ६५ हजार ९ सय ५६ जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन । 

इन्स्योरेन्सले प्रति कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ७९९ का दरले ६ लाख ५९ हजार ५६५ कित्ता सेयर बिक्रि गरेको हो।

एफपीओ बिक्रि तथा वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ५१ करोड ४४ लाख पुग्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पुंजी ४४ करोड ८५ लाख छ। एफपीओ बिक्रि पश्चात कम्पनीको चुक्ता पुंजी ६ करोड ५९ लाखले बढ्नेछ भने उसको जगेडा कोषमा ४६ करोड १० लाख जम्मा हुनेछ। 

प्रिमियर इन्स्योरेन्सको पुस २४ गते बसेको संचालक समितिको बैठकले एफपिओले समेत पाउने गरी १३.५२ प्रतिशत बोनस प्रस्ताव गरेको छ। साथै बैठकले बोनस शेयरमा लाग्ने करको लागि ३६ लाख ५९ हजार ७ सय ४९ रुपियाँ नगद लाभांश समेत प्रस्ताव गरेको छ।

कम्पनीमा हाल कायम संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न एफपीओ बिक्रि गरेको हो। प्रस्तवित १३.५२ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ५९ करोड पुग्ने छ ।  बीमा समितिले तोकेको १ अर्ब पुंजी  पुर्याउन कम्पनीले आगामी असार मसान्तसम्ममा थप ४२ करोड पूँजी जुटाउनुपर्नेछ ।     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved