प्रिमियर इन्स्योरेन्सको एफपीओ बाँडफांड, ५ जनाले पाए ११ कित्ता, ६५ हजार ९ सय ५१ लाई १० कित्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2018 | 07:31:28 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रि खुला गरेको फर्दर पब्लिक अफरिंग (एफपीओ)  बाँडफाँड भएको छ । निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले बिहिबार  ९ बजे प्रिमियर इन्स्योरेन्सको मुख्य कार्यालय नक्सालमा एफपिओ बांडफांड गरेको हो   । 

एफपिओमा कुल १ लाख ८९ हजार ३ सय २१ आवेदन परेकोमा २ हजार ८ सय ४६ आवेदन रद्द भएका थिए  । १ लाख ८६ हजार हजार ४ सय ७५ योग्य आवेदक मध्ये गोलाप्रथाबाट ६५ हजार ९ सय ५१ जनाले समान १० कित्ता र ५ जनाले ११ कित्ता शेयर पाएका छन्  । 

एफपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकाशित हुनेछ  । 

बिजपाटीलाई पूर्ण नतिजा प्राप्त भईसकेपछि तपाईले बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट () मा क्लिक गरेर तनिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ प्रिमियर कम्पनि भनेर छनौट गर्नुहोस। तपाईले आफ्नो नाम मात्र राखेर  नतिजा हेर्न सक्नुहुन्छ। 

नोट: पूर्ण नतिजा सार्वजनिक भएपछि मात्र तपाईले बिजपाटि डटकममा गएर आफुलाई आइपीओ परे नपरेको थाहा पाउन सक्नुहुन्छ।  पूर्ण नतिजा सार्वजनिक नहुँदा सम्म IPO Issuer Company मा प्रिमियरइन्स्योरेन्सको नाम देखिने छैन । 

 प्रिमियर इन्स्योरेन्सले पुस १६ गतेदेखि पुस १९ गतेसम्म बिक्रि खुला गरेको ६ लाख ५९ हजार कित्ता एफपीओको लागि आवेदन खुला गरेको थियो । 

इन्स्योरेन्सले प्रति कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ७९९ का दरले ६ लाख ५९ हजार ५६५ कित्ता सेयर बिक्रि गरेको हो।

एफपीओ बिक्रि तथा वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ५१ करोड ४४ लाख पुग्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पुंजी ४४ करोड ८५ लाख छ। एफपीओ बिक्रि पश्चात कम्पनीको चुक्ता पुंजी ६ करोड ५९ लाखले बढ्नेछ भने उसको जगेडा कोषमा ४६ करोड १० लाख जम्मा हुनेछ। 

प्रिमियर इन्स्योरेन्सको पुस २४ गते बसेको संचालक समितिको बैठकले एफपिओले समेत पाउने गरी १३.५२ प्रतिशत बोनस प्रस्ताव गरेको छ। साथै बैठकले बोनस शेयरमा लाग्ने करको लागि ३६ लाख ५९ हजार ७ सय ४९ रुपियाँ नगद लाभांश समेत प्रस्ताव गरेको छ।

कम्पनीमा हाल कायम संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न एफपीओ बिक्रि गरेको हो। प्रस्तवित १३.५२ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ५९ करोड पुग्ने छ ।  बीमा समितिले तोकेको १ अर्ब पुंजी  पुर्याउन कम्पनीले आगामी असार मसान्तसम्ममा थप ४२ करोड पूँजी जुटाउनुपर्नेछ ।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved